गोजीमा मोबाईल बोक्नुहुन्छ ? साबधान ! वीर्य बिग्रन्छ…

मोवाइल फोनबाट उत्पन्न हुने विकिरणले स्वास्थ्यमा पार्ने समस्या थाहा हुँदा धेरै मानिसले पाईन्टको गोजीमा (विशेषगरी जिन्स पाइन्टको गोजीमा) मोवाई राख्ने गर्छन् । मोवाईलले स्वास्थ्यमा गम्भीर असर पार्ने विभिन्न अध्ययनले देखाउदै आएका छन् । यी अध्ययनलाई एउटा वृहत अध्ययन समिक्षाले पुनःपुष्टि गरेको छ ।

मोवाईलको विकिरणबारे २१ वटा सोधपत्रमा गरिएको अध्ययन समक्षिामा पुरुषको गुप्तांग नजिक मोवाईल राख्दा वीर्यको गुणस्तर र उत्पादनमा नराम्रो असर गर्ने वैज्ञानिकहरुले पुष्टि गरेका छन् । त्यसैले लामो समय पाइन्टको गोजीमा मोवाइल नराख्न सुझाव दिइएको छ ।

अस्टेलियाको युनिर्भसिटी अफ क्यासलका वैज्ञानिकहरुको समूहले नयाँ समिक्षा गरेका हुन । विश्वको १४ प्रतिशत जनसंख्या बच्चा जन्माउन संघर्ष गरिरहेकै बेला गोजीमा राख्ने फोनको विकिरणले पुरुष स्वास्थ्यमा गम्भीर असर गर्ने उनीहरुले बताएका छन् ।

रेडियो फ्रिक्वेन्सि इलेक्ट्रोम्याग्नेटिक रेडियसनले पुरुषको वंशाणुगत गुण बोक्ने कोषहरुलाई नष्ट गर्ने वैज्ञानिकहरुले बताएका छन् ।

वीर्यको गतिशिलता र जोशको अभावमा कोष नष्ट हुने गरेको उनीहरुको समीक्षामा उल्लेख छ । २१ जना वैज्ञाानिकले १० ओटा अध्ययन समिक्षा गरेका थिए । उनीहरुले सेलफोनको विकिरण र यसले वीर्यमा पार्ने अशरबारे समिक्षा गरेका थिए । समिक्षाका क्रममा १४९२ मानिसका वीर्यको नमुना परीक्षण गरिएको थियो । एजेन्सी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।