‘भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ’ : एमाले सचिव योगेश भट्टराई

ताप्लेजुङ, जेठ २० । नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको उम्मेदवारी खारेज गर्नुपर्ने बताएका छन् । चुनावी कार्यक्रमहरुमा सहभागी हुन गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले शनिबार हामीसँग कुरा गर्दै ‘माओवादीको उम्मेदवारी खारेज गरेर बाँकी उम्मेदवारहरुको मतगणना अघि बढाउनुपर्छ’–भने ।

भरतपुरमा मतपत्र च्यात्ने काम ‘राज्यसत्ताले गरेको सुनियोजित निर्लज्ज धाँधली हो’ भन्दै उनले मतगणना अघि नबढेसम्म संसदको अवरोध खुला नहुने पनि बताए । राष्ट्रपति कार्यालयले संसदलाई पठाएको पत्रसमेत संसदलाई जानकारी नगराइ सभामुखले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै भट्टराईले खुलामञ्चबाट प्रधानमन्त्री घोषणा गर्न चुनौती पनि दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।