लण्डनमा आतङ्ककारी आक्रमणमा परी ४८ जना घाइते, आक्रमणमा सम्लग्न आरोपमा १२ जना पक्राउ

लण्डन, २१ जेठ । मध्य लण्डनमा शनिबार राती भएको दुई वटा आतङ्ककारी आक्रमणमा परी घाइते भएका ४८ लाई उपचारार्थ अस्पताल भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

शनिबार भएको दुई वटा आक्रमणमा परी छ जनाले भने ज्यान गुमाएका थिए । यस आक्रमणबाट घाइते भएका ४८ व्यक्तिलाई लण्डनका पाँच वटा अस्पतालका भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाले जानकारी दिएको हो ।

शनिबार राती भएको यस आक्रमणबाट सामान्य घाइते भएका केही व्यक्तिलाई भने उपचारपछि घर फर्काइएको छ ।

लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा सदिग्ध आतङ्ककारीले जथाभाबी रुपमा छुरा प्रहार गरेको यस दुई वटा घटनामा परी मारिनेको सङ्ख्या छ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

यस घटनामा संलग्न भएका ३ जना संदिग्ध हमलाकारीहरु प्रहरी हानेको गोलीबाट मारिएका छन् ।

यसअघि नै बेलायती प्रधानमन्त्री थेरेसा मेले यस घटनालाई सम्भावित आङ्कककारी घटना भन्नु भएको थियो ।

गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको सार्थै दर्जनौ. व्यक्ति घाइते भएका घटनाको दुई हप्ता वित्न नपाउँदै पुनः यो आक्रमण भएको छ ।

लन्डन आक्रमणमा सम्लग्न भएको आरोपमा १२ जना पक्राउ

मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा सम्लग्न रहेको आशङ्कामा प्रहरीले आइतबार बाह्रजनालाई पक्राउ गरेको छ । पूर्वी लण्डनमा पक्राउ परेका उनीहरू विभिन्न स्थानमा शङ्कास्पद रूपमा भेटिएका थिए ।

प्रहरीले थप शङ्कास्पद व्यक्तिको खोजिगरिरहेको बताइएको छ ।

शनिबार राति भएको दुई आक्रमणमा परी सात जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सवैजनालाई उपचारार्थ विभिन्न पाँच अस्पतालमा भर्ना गरिएको छ । केही व्यक्ति सामान्य उपचारपछि घर फर्किएका छन् ।

घटनामा संलग्न भएका तीन जना संदिग्ध हमलाकारी प्रहरीको प्रत्याक्रमणमा मारिएका थिए ।

बेलायतमा केही दिन पहिले आयोजित साङ्गितिक साँझको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै म्यान्चेस्टरमा भयानक विस्फोट गरी २२ जनाको हत्या गरिएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।