‘आफूले काम लगाउनसकिने मान्छेलाई मत दिऔँ’

सोलुखुम्बु, २१ जेठ । पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवाधिकार आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्यायले यसपटक स्थानीय निकाय नभई स्थानीय तहको निर्वाचन भएका कारण सोहीअनुसारको व्यक्तिलाई मतदान गर्नुपर्ने बताउनुभएको छ ।

लोकतान्त्रिक स्वतन्त्र मानवाधिकार संस्था, काठमाडौँको आयोजनामा आज सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न ‘स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन’ विषयक अन्तक्र्रियामा उपाध्यायले निर्वाचनबाट स्थानीय सरकार गठन हुने भएकाले आफूहरुले काम लगाउनसक्ने व्यक्तिलाई छनोट गर्नुपर्ने बताउँदै स्थानीय तहमा गठन हुने सरकारले केके काम गर्छ र त्यसमा कस्ता व्यक्ति उपयुक्त हुन्छन् भन्ने कुराको ज्ञान आम नागरिकसम्म पु¥याउन सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेकका अध्यक्ष सुशील प्याकुरेलले अहिलेको निर्वाचनलाई पनि २०५४ को स्थानीय निकायकै रुपमा बुझिएको पाइएकाले यसप्रतिको ज्ञान प्रवाह गर्नुपर्ने भन्दै दल जुन भएपनि व्यक्ति सक्षम खोज्न नागरिकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे र प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जिल्लामा हालसम्मको अवस्थामा सुरक्षा चुनौती निकै कम रहेको र धाँधलीरहित निर्वाचन गराउन आफूहरु तयार रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल, सङ्घसंस्था तथा सञ्चारकर्मीले निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि प्रशासन विभेदरहित हुनुपर्ने र दलहरुले जिम्मेवारीपूर्वक कार्यक्रम गर्नुपर्ने बताएका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।