भारतमा भयानक बस दुर्घटना, २२ जनाको जलेर मृत्यु

जेठ २२ । भारत उत्तरप्रदेशको बरेली बजारमा ट्रक र रोडवेजको बस आपसमा ठोकिँदा २२ जनाको ज्यान गएको छ । बस र ट्रक दुबैमा आगो लागेको थियो । आगोले गर्दा बसमा बसेका यात्रुमध्ये २२ जना जले र उनीहरूको मृत्यु भयो । भने १५ जना घाइेते भएका छन् ।

आइतबार राति झन्डै दुई बजे एनएच–२४ राजमार्गमा गोन्डा डिपोको रोडवेज बस दिल्ली आइरहेको थियो । बस गलत साइडमा थियो र अचानक लखनऊबाट आइरहेको ट्रकसँग नराम्रोसँग ठोकियो । ठोकिनासाथ बसको डिजल ट्यांकी फुट्यो र बसमा आगो सल्कियो ।ट्रकमा पनि यसरी नै आगो लाग्यो ।

घटनाको सूचना प्राप्त हुनासाथ फायर बिग्रेडका गाडीहरू घटनास्थलमा पुगे र आगो निभाए । भारतीय संचारमाध्यमले जनाएका छन् ।आगोमा नराम्ररी जलेकाले मृतकहरूको पहिचान हुन सकेको छैन – एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।