मोबाइलमा नेटवर्क नभएपछि रुखमा चढेर कुरा गरे भारतीय राज्यमन्त्रीले !

जयपुर । मोबाइलमा नेटवर्क नभएपछि भारतका एक केन्द्रीय मन्त्रीले रुखमा चढेर फोन गरेको विषय अहिले भारतमा निकै चर्चित भएको छ । ‘डिजिटल इन्डिया’ को नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले आफ्नो संसदीय क्षेत्रको भ्रमणका क्रममा मोबाइल नेटवर्कको समस्या सामना गर्नु परेको हो ।

आइतबार आफ्नो संसदीय क्षेत्र बीकानेरको भ्रमणमा रहेका उनले ढोलिया गाउँमा नेटवर्क नभएपछि रुखमा चढेर मोबाइल फोनमा कुरा गरेका हुन् । स्थानीयले गाउँको अस्पतालमा नर्स नभएको गुनासो गरेपछि उनले सम्बन्धित अधिकारीलाई यसबारे जानकारी गराउन र नर्सको व्यवस्था मिलाउन निर्देशन दिन खोजेका थिए । तर फोनमा नेटवर्क नभएपछि उनको प्रयास सफल हुन सकेको थिएन ।

गाउँलेले नै अग्लो ठाउँमा कतै कतै नेटवर्क आउँछ भनेपछि मन्त्री मेघवालले रुखमा चढेर फोन सम्पर्क गरेका हुन् । उनलाई रुखमा चढ्नका लागि गाउँलेले एउटा सिँढीको व्यवस्था गरिदिएका थिए ।

सिँढीमार्फत रुखमा चढेर उनले मोबाइलमा कुरा गरेको दृष्य केही ग्रामिण युवाले आफ्नो मोबाइलमा कैद गरेका थिए । तिनै ग्रामिण युवाले खिचेका केही तस्वीर र भिडियो अहिले भारतमा निकै भाइरल बनेको छ । – एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।