यसकारण साउदी अरब, इजिप्ट, बहराइन, यूएई र यमनले तोडे कतारसँगको कूटनीतिक सम्बन्ध
काठमाडौं, जेठ २२ । कतारले क्षेत्रीय स्थिरतालाई खलल पुर्याएको आरोपमा साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स र यमनले कूटनीतिक सम्बन्ध तोडेका छन् । कतारले इजिप्टको मुस्लिम ब्रदरहुडलगायत आतंककारी समूहलाई समर्थन गरेको यी मुलुकको आरोप छ ।
साउदी सरकारी समाचार एजेन्सी (एसपीए)ले रियादले कतारसँगको सीमा बन्द गरेको जनाएको छ । सरकारी अधिकारीलाई उद्धृत गर्दै एसपीएले आतंककारी र अतिवादीको खतराबाट मुलुकको राष्ट्रिय सुरक्षालाई जोगाउन यस्तो कदम चालिएको जनाएको छ ।
इजिप्टको विदेश मन्त्रालयले कतारी यातायातका सबै हवाईमार्ग र बन्दरगाह बन्द गरिएको उल्लेख गरेको छ ।
संयुक्त अरब इमिरेट्सले दोहाले आतंकवाद, अतिवादी एवं पृथकतावादी संगठनलाई समर्थन, सहयोग गरेको आरोप लगाउँदै आफ्नो मुलुकमा रहेका कतारी कूटनीतिज्ञलाई ४८ घन्टाभित्र मुलुक छाड्न आदेश दिएको छ । एजेन्सी


