केपी ओली र काँग्रेसका तीन नेताबीच २ घण्टा बैठक, के के भए कुराकानी ?

भक्तपुर, २२ जेठ । नेपाली काँग्रेसका तीन नेता र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भएको भेटवार्ता सकारात्मक भएको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनः सञ्चालन गर्नका लागि छलफलका गर्न काँग्रेस नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदीप गिरी ओली निवास बालकोट पुग्नुभएको थियो ।

दुई घन्टाको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै काँंग्रेसका नेता निधिले अध्यक्ष ओलीसँग संसद्को अवरोध अन्त्य गर्ने बारेमा भएको छलफल सकारात्मक रहेको बताउनुभयो । उपप्रधानमन्त्री निधिले भन्नुभयो, “संसद् अवरोधलाई हटाएर संसद सुचारु गर्ने सन्दर्भमा पार्टीको तर्फबाट हामीहरू एमाले अध्यक्ष ओलीसँग छलफल गर्न आएका हौंँ, उहाँसँगको छलफल सकारात्मक भएको छ ।” प्रधानमन्त्रीको निर्वाचनमा कांँगे्रसलाई सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरिएको नेता निधिले बताउनुभयो ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संसद्मा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउन पाए हुन्थ्यो भन्ने कांँग्रेस नेताहरूको धारणा रहेको बताउनुभयो । उहाँले यसकै निम्ति छलफल गर्न काँग्रेसका नेताहरू आउनुभएको जानकारी दिँदै एमाले अध्यक्ष ओलीले भन्नुभयो, “एमाले सहमतिको बाधक नरहेको मैले बताएँ, सत्ता पक्षको दम्भ र अनुचित कार्यले समस्या देखिएको हो, समस्या समाधानका लागि एमाले सकारात्मक छ ।”

संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाएपछि र संसद् पुनः सञ्चालन गर्न नदिइएपछि सहमतिको प्रयासस्वरुप सो भेटवार्ता भएको हो । प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा काँंग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।