देउवा प्रधानमन्त्री भएपछि कांग्रेसको आन्तरिक सन्तुलन फेरिने, निधिलाई कांग्रेस कार्यवाहक सभापति बनाईने

काठमाडौं, २३ जेठ–पार्टी सभापति शेररबहादुर देउवा प्रधानमन्त्री भएपछि कांग्रेसको आन्तरिक सन्तुलन फेरिने भएको छ । यसअघिको प्रतिवद्धता बमोजिम देउवाले बिमलेन्द्र निधिलाई पार्टीको उपसभापति मनोनित गर्नेछन् ।

निधिलाई कार्यबाहक सभापति समेतको जिम्मेवारी दिने देउवाको तयारी रहेको उनी निकट स्रोतले वतायो । पार्टीमा मुल्य मान्यताको राजनीति गर्ने ठानिएका रामचन्द्र पौडेललाई हावी हुन नदिन देउवाले आफूपछिको उत्तराधिकारी निधिलाई बनाउन लागेको चक्रपथमा खबर छापिएको छ ।

देउवाले आफू प्रधानमन्त्री भएपछि कार्यवाहक सभापतिको समेत जिम्मेवारी दिने आश्वासन दिएपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिए पनि निधिले पछि राजीनामा फिर्ता गरेका थिए । कांग्रेस–माओवादी गठबन्धन बनाउन निकै ठूलो भूमिका खेलेका निधिलाई आफूपछिको वरियतामा अघि सार्दा खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु चिढिने भए पनि देउवाले निधिलाई उपसभापति बनाएरै छोड्ने योजना बनाएका छन् । कांग्रेसमा निधिलाई नेतृत्वमा स्थापित गर्ने तयारी देउवाले गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने खिन्नता महसुस गरेका छन् ।

आफू प्रधानमन्त्री भएपछि संसदीय दलको नेतामा पौडेललाई ल्याउने आश्वासन देउवाले दिए पनि त्यो भने पूरा हुने देखिएको छैन । संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले आफू प्रधानमन्त्री भएपछि दलको नेता परिवर्तन गर्न नैतिक नहुने तर्क देउवाले अघि सार्ने देखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।