आन्दोलन भन्दै चुनावको तयारी

राजविराज, राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यतिबेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिकाका मेयर-उपमेयरलगायत विभिन्न पदमा आफूअनुकुलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन्।

मधेस आन्दोलनको सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घण्टौं सक्रिय रहेको पार्टी निकट स्रोतको दाबी छ। ‘मधेस आन्दोलनका एक सहिदकी पत्नीलाई पार्टीको टिकटमा उम्मेदवार बनाउन उहाँ सक्रिय देखिनुभा’छ,’ स्रोतले भन्यो, ‘पार्टीले चुनाव बहिष्कार गर्ने बताइरहँदा केन्द्रीयस्तरका वरिष्ठ नेताको रबैयाले स्थानीय कार्यकर्ता अन्यौलमा छन्। ६ मधेसकेन्द्रित दल एकीकरण भएर निर्माण भएको राजपा अझै पनि औपचारिकरुपमा चुनावको विरोधमै छ।

शनिबार मात्रै राजपा सप्तरीले विज्ञप्ति जारी गर्दै संविधान संशोधन नभई चुनावमा नजाने तथा संविधान संशोधन प्रक्रियामा बाधक देखिएको एमालेले सप्तरीमा गर्ने जुनसुकै कार्यक्रमको प्रतिवाद गर्ने जनाएको थियो। यसरी सार्वजनिक रुपमा चुनवको विरोध गरिराखेको भए पनि राजपाको केन्द्रीयदेखि जिल्ला तहसम्मको नेतृत्व पंक्ति भित्रभित्रै चुनावको तयारीमा जुटेको स्रोतको दाबी छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖