व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सम्बोधन गर्दै (हेर्नुहोस् लाइभ भिडियो)

काठमाडौँ, २३ जेठ । प्रमुख राजनीतिक दलबीचको सहमतिबमोजिम आजदेखि व्यवस्थापिका– संसद्को बैठक पुनः सञ्चालन भएको छ ।

नयाँ प्रधानमन्त्री चयनलगायत महत्वपूर्ण कार्यसूची रहेको संसद्को बैठक अवरोध गर्दैआएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच सोमबारको सहमतिका आधारमा आजको बैठकको सुरुमा शीर्ष नेताको सम्बोधन प्रारम्भ भएको छ ।

बैठक सुरु हुनासाथ सभामुखले समय दिएपछि अहिले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ । एमालेले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोधमा संसद् अवरोध गर्दै आएको थियो ।

बैठकमा प्रधानमन्त्रीको चयन, स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ लाई प्रस्तुत गर्ने र नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि दफावार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ । प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।

यस्तै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव फिर्ता गर्ने सूचनालाई बैठकको सहमतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सम्बोधन गर्दै – हेर्नुहोस् लाइभ भिडियो

व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले आज सम्बोधन गर्नु भएको भिडियो हेर्नुहोस:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।