केपी ओलीलाई देउवाको जवाफ,– राष्ट्रियता हाम्रो सिद्धान्त हो, हामीलाई पाठ पढाउन पर्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियताको पाठ नपढाउन नेकपा एमालेलाई सुझाव दिएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“राष्ट्रियताको कुरा आजकल धेरै उठेको छ । हाम्रा आदर्श नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । अरुलाई कण्ठ नहोला तर हामीलाई छ । यसमा हामीलाई पाठ सिकाउनुपर्दैन ।”

उनले पार्टीको सिद्धान्तमा कसैसँग सम्झौता नगर्ने बताए ।
“हाम्रो पार्टीको सिद्धान्तमा कसैले सम्झौता गर्न सक्दैन,” उनले भने, “राष्ट्रियता र प्रजातन्त्रमा हामीले कसैसँग सम्झौता गर्न सक्दैनौं । यो हाम्रो आदर्श हो ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।