यो हो ‘शाकाहारी कण्डम’, के-के छन यसका फाइदा ? – जानिराखौं…

नयाँदिल्ली । बजारमा विभिन्न खालका कण्डम पाइन्छन् । युवा युवतीले ती कण्डमलाई खपत पनि गरिरहेका छन् । तपाईलाई अनौठो लाग्न सक्छ । बजारमा अब ‘शाकाहारी’ कण्डम पनि पाइनेछ ।

सस्टेन नेचुरल ब्रान्ड नामबाट ‘शाकाहारी कण्डम आएको हो । कुनै पनि जनावरको उत्पादन प्रयोग गर्न अस्विकार गर्ने शाकाहारीका लागि उक्त कम्पनीले सस्टेन कण्डमको क्यासिन ल्याएको दाबी गरेको छ ।

क्यासिन एउटा यस्तो मिल्क प्रोटिन हो जसको प्रयोग साधारणतया अन्य ल्याटेक्स कण्डममा हुने गर्दछ । यसका साथै यो कण्डम पर्यावरण अनुकूल पनि छ । यो कण्डमको प्रयोगपछि यसलाई फ्क्दा यसले माटोलाई विषालु बनाउँदैन ।

सस्टेन न्याचुरलका सह–संस्थापक मिका होलन्डर भन्छन्, ‘सस्टेन कण्डममा प्रयोग हुने ल्याटेक्स दक्षिण भारतमा बनाइने रबरबाट बनाइएको हो ।’

उनका अनुसार साधारणतया मानिसहरू आफ्नो खाना र मेकअपमा प्रयोग हुने सामग्रीको विषयमा सचेत हुने गर्दछन् । तर, कण्डमजस्तो उत्पादनको विषयमा उनीहरू सचेत हुँदैनन् जसको प्रयोग हाम्रो शरीरको सबैभन्दा अन्तरंग अंगमा हुने गर्दछ ।

नाइट्रोसमिन क्यान्सर जन्माउने एक सामग्री हो जसको प्रयोग अन्य साधारण कण्डमको ब्रान्ड र मेकअप सामग्रीमा हुने गर्दछ । सस्टेन कण्डम नाइट्रोसमिन मुक्त छ । – एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।