पछिल्लो चरण निकै चर्चामा रहेकी शिवकुमारी थारु को हुन ?

कपिलवस्तु, कुनै बेला ‘साहू’को घरमा कमैया बसेकी थारु नेतृ शान्ता चौधरी नेकपा एमालेको उच्च नेतृत्व तहमा पुगिन् । एमालेले उनलाई संविधानसभा सदस्य समेत बनायो । सिंगो थारु समुदायकै ‘आइडल’ मानिने शान्तालाई पनि माथ खुवाउने गरी थारु समुदायमै अर्की एक सशक्त नेतृ जन्मिएकी छिन् ।

कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवार बनेकी शिवकुमारी थारु २ दिनयता निकै लोकप्रीय बनेकी छिन् । जिल्लाभरी उनको ब्यापक चर्चा हुन थालेको छ । २३ बर्षे थारुले आफ्नो शक्तिशाली भाषणका कारण पश्चिम तराईमा प्रसंसा पाएकी हुन् ।

सामान्य थारु समुदायमा हुर्केकी शिवकुमारीलाई अहिले स्थानीय जनताले समेत निकै प्रसंसा गर्न थालेका छन् । पछिल्लो साता शिवराज नगरपालिकामा उनले आम मतदातालाई सम्बोधन गर्दै दिएको भाषण अहिले निकै मन पराइएको छ ।

मातृ भाषामा ब्यक्त गरेको उनको भाषण शैली र वाककलाबाट धेरै प्रभावित बनेका छन् । आफ्नै सांस्कृतिक वेषमा सजिएर थुप्रै केन्द्रीय नेताको बीच उभिएर उनले दिएको भाषणलाई धेरैले ‘बोल्ड’ भनी टिप्पणी गरेका छन् ।

जिल्लामा उनलाई अहिले आत्मविश्वासी किशोरीको रुपमा ब्याख्या गरिएको छ । पछिल्लो समय काठमाडौंमै हुर्केकी विवेकशिल नेपालकी नेतृ रन्जु दर्शनाको काठमाडौंमा जसरी चर्चा भयो, त्यस भन्दा बढी कलिपवस्तु र पश्चिम तराईका जिल्लामा शिवकुमारीको चर्चा हुन थालेको छ । पहिलोपटक आम भेलामा बोलेकी थारु युवतिको प्रभावशाली भाषण पछिल्लो केही दिनयता सुन्न स्थानीयको बाक्लो भिड लाग्ने गरेको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >>> शिवराजमा शिवकुमारी, एक विराङगना : यी हुन रञ्जु दर्शनालाई पनि मात दिने २३ वर्षिय शिवकुमारी थारु – हेर्नुहोस दमदार भाषण भिडियो 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।