‘छोराछोरीले गाउँघर मात्र छाडेनन्, काख र कोखसंगै साथै पनि छाडेर एक्लै बनाए’ (भिडियो सहित)
एकपटक हेर्नै पर्ने हाम्रै समाजका ज्येष्ठ नागरिकको यथार्थ बोकेको नाटक सलेदो
काठमाण्डौ २९ जेष्ठ । हिजो आज सुख र आलिशानको जिन्दगी रोज्ने क्रममा पुर्खाले बनाएको धरोहरलाई ढालेर, बाउबाजेले कमाई रखेका जग्गाहरुलाई बाँझै राखेर गाउँमा बाउ आमालाई एक्लै छोडदै शहर पस्नेको क्रम दिनहुँ कढदो छ । पछिल्लो केही पुस्ता देखि सहरीकरणको आकर्षणमा गाउँका युवाहरु शहर तिर छिर्ने एउटा प्रचलन नै भैसेकेको छ । मानौं कि शहर छिरे नेपाल सरकारले बसि बसि खान दिने व्यवस्था हरेक युवा जमातलाई गरिदिएकोे छ । या भनांै वैदेशिक रोजगारिको लागि सुनौलो अफर हातहातै दिने योजना बनाएको छ । बढ्दो विश्वव्यापीकरणको लहरसंगै गाउँ छोडेर शहर प्रवेश गरि देशको सिमाना पारी पुगेर उतै घरजम गर्ने युवा जमातको संख्यालाई हेर्दा भविष्यमा नेपाल उभिने धरोहर नै नढल्ला भन्न सकिंदैन । यसको परिणाम गाउँघरमा होस् वा सहरमा, वृद्धवृद्धा घरकुरेर बसेका छन्। सन्तानले सुख र महलको जिन्दगी रोजेर जन्मदिने बुवा आमालाई गाउँ घरमै छाडेको वास्तविकतालाई याहाँ नाटकमा मञ्चन गर्न खोजिएको छ । सेताम्मे कपाल र दाह्री, कुप्रिन लागेको शरीर र लर्बरिने बोली भएको उमेरले पाकेर डाँडा मुनीको घाम भई सकेका बुवा आमाको स्वरुपमा रंगकर्मी जोडी सुलक्षण भारती र सिर्जना अधिकारीले नाटक ‘सलेदो मार्फत् आफ्नो प्रतिभालाई यसरी पस्किएका छन् ।


