दार्जिलिङमा जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काकाले पर्यटक भागे

कोलकाता, २९ जेठ । दार्जिलिङमा जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको समाचार छ ।

दार्जिलिङ घुम्न आएका पर्यटक सोही कारणले भाग्न लागेको समाचार केही दिनयतादेखि नै आएको थियो । हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ ।

केही दिनयता जारी सो आन्दोलन नरोकिएकोले दार्जिलिङका रिसोर्टमा थप केही दिनका लागि बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याएर भागेका समाचारमा जनाइएको छ ।

दार्जिलिङ्का हिल रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् । ती रिसोर्टमा विदेशी पर्यटक खचाखच रहेकोमा उनीहरुले बुकिङ रद्द गरेर भाग्नुपरेको बताएका छन् ।

यहाँ गोर्खा जनमुक्ति मोर्चाले सोमबारका लागि आम हड्तालको आयोजना गरेको छ । सो आन्दोलनमा सरकारले दमन गरेमा थप हिंसात्मक हुनसक्ने चेतावानी उनीहरुले दिएका छन् ।

सोही कारण उनीहरु यहाँबाट भाग्नुपरेको होटल व्यवसायीहरु जनाउँछन् । आन्दोलनकारीले गतहप्ता भएको यस्तै विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी कम्तीमा पनि १२ जनालाई नराम्ररी घाइते बनाएकोले अवको आन्दोलनमा आफूहरुले पनि हस्तक्षेप गर्ने जनाएका हुन् ।

एकजना होटल व्यवसायीले भनेका छन्– आइतबारसम्ममा दार्जिलिङबाट कम्तीमा पनि सात हजार पर्यटकले बुकिङ रद्द गराएका छन् ।

यसरी बुकिङ रद्द गराएका पर्यटक यहाँ नरहेका र दार्जिलिङ छोडेर भागिसेको एक प्रहरी अधिकारीले जानकारी दिए । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।