दार्जिलिङको आन्दोलन झनै हिंसात्मक बन्दै, झडपमा गोली चल्यो, तीनको मृत्यु

दर्जिलिङमा गोली लागी तीन जना आन्दोलनकारीको मृत्यु भएको छ। आन्दोलन सुरु भएको दशौँ दिन आज बिहान ११ बजेपछि भएको झडपमा प्रहरीले गोली चलाउँदा आन्दोलनले हिंसात्मक रुप लिएको छ।

‘हामीले अहिलेसम्म दुईजनाको शव प्राप्त गरिसकेका छौँ,’ गोर्खा जनमुक्ति मोर्चाका महासचिव विनय तामाङले भने, ‘अझ एकको शव निकाल्न पाइएको छैन। जम्मा तीनको मृत्यु भइसकेको छ। एकजनाको शव सिंहमारी पुलिस स्टेशनमाथिको जङ्गलमा छ भन्ने खबर आएको छ।’

गोली चलेपछि एक आक्रोशित आन्दोलनकारीले एक प्रहरीलाई खुकुरी हानेका छन्। घाइते प्रहरीको अवस्था गम्भीर छ।

प्रहरीले आफूले गोली नचलाएको बताइरहेको छ भने मृतकको शरीरबाट सेनाले प्रयोग गर्ने गोली पाइएको बताइएको छ।

महासचिव विनय तामाङका अनुसार घाइते हुनेहरूको सङ्ख्या कैयौँ छ।

अर्कोतिर सिंहमारीमा आईआरबी कमान्डेन्ट किरण तामाङको पनि मृत्यु भएको बताइएको छ।

मोर्चा सहसचिव विनय तामाङले यो घटनाको निन्दा गर्दै पुलिसले मोर्चाको आन्दोलन दबाउन आन्दोलनकारीहरूलाई गोली हानेर हत्या गरेको आरोप लगाएका छन्। उनले कानुनी रुपमा घटनाको छानबीनको माग राखेका छन्।

पश्चिम बंगाल सरकारले नेपालीभाषी क्षेत्रका विद्यालयमा बंगला भाषाको पठनपाठन अनिवार्य गरेपछि जुन ८ बाट सुरु भएको आन्दोलन केही दिनयता हिंसात्मक बन्दै गएको छ।

सरकारको सो कदमको विरुद्ध मोर्चाले अनिश्चितकालिन दार्जिलिङ बन्द आह्वान गरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।