अमेरिकी सैन्य शिवीरनजिकै ८ अफगान सुरक्षा गार्डको हत्या

काबुल, ६ असार । अफगानिस्तानको पूर्वी प्रान्त पार्वानमा अवस्थित प्रमुख अमेरिकी सैन्य शिवीरनजिकै एम्बुसमा पारेर आठ स्थानीय अफगान सुरक्षा गार्डको हत्या गरिएको समाचार छ ।

एक स्थानीय अधिकारीले सोमबार रातिको समय पारेर उनीहरु चढेको सवारीलाई एम्बुसमा पारिएको मङ्गलबार बिहान जानकारी दिएका छन् ।

रातिको सेवामा कार्यरत १० जना सुरक्षा गार्ड एक सवारी साधनबाट ब्यागरम हवाई शिवीरको भ्रमणमा गएका र उनीहरु माथि स्थानीय समयाअनुसार सोमबार राति १० बजे आक्रमण भएको बताइएको छ ।

सो आक्रमणमा परी आठ जना मारिएका र दुई घाइते भएको प्रान्तीय सुरक्षा स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

सो स्रोतले यस घटनाको विषयमा विस्तृत विवरण भने नदिएको र अनुसन्धानरत रहेको जानकारी दिएको छ । यस घटनासम्बन्धी विस्तृत विवरण सञ्चारमाध्यमलाई पछि दिइने जानकारी दिइएको छ ।

ब्यागरम अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा पर्दछ । यस सैन्य शिवीरमा अमेरिकी र नेटोआवद्ध सैनिकहरु गत १६ बर्षयतादेखि कार्यरत रहेका छन् ।

ब्यागरम जिल्लाको साह आका इलाकामा भएको यस आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मा लिएको छैन् ।

तर गत अप्रिलको अन्त्यबाट भीषण आक्रमणको घोषणा गरिबसेका तालिवान आतङ्ककारीहरुले नै सो हत्या गरेको प्रहरीको दाबी छ ।

तालिवान आतङ्ककारी समूहले सरकारी अधिकारीहरुको जमघट एवम् सरकारी कामहरुबाट टाढै बस्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।