भारतमा सन् २०१२ सम्झाउने अर्को बलात्कारको घटना, ३५ बर्षीया महिलालाई अपहरण गरी ३ जनाले गरे चार घन्टासम्म बलात्कार

नयाँ दिल्ली, ६ असार । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्काे घटना सोमबार राति भएको छ ।

भारतीय राजधानी क्यापिटल नजिकै एकजना ३५ बर्षीया महिलालाई अपहरण गरेर कारमा हाली तीन जनाले चार घन्टासम्म बलात्कार गरेको घटनाको समाचार मङ्गलबार भारतीय मिडियाहरुमा छ्याप्छ्याप्ती आएको छ ।

प्राप्त समाचारअनुसार सोमबार राति ती महिलालाई नयाँ दिल्लीबाट करिब ३० कीलोमीटर परको सोहना सडकमा हिँडिरहेको बेलामा नाटकीय रुपमा अपहरण गरी गुडिरहेको कारमा राखिएको थियो ।

सो कारमा चार घन्टासम्म राखेर कारमा रहेका तीन जनाले बलात्कार गरेको महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

राति अपहरणमा परेकी उनलाई मङ्गलबार बिहानीपखमात्र नोएडाको अस्पतालनजिक ल्याएर फालिदिएका थिए । सडकमा फालिएकी ती महिला बेहोस अवस्थामा भेटिएकी थिइन् ।

पछि उनलाई अस्पताल परिसरका नागरिकले देखेर प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए ।

यस घटनालाई भारतीय सञ्चारमाध्यमहरुले सन् २०१२ को डिसेम्बरमा एकजना मेडिकल विद्यार्थीको छ जनाले बलात्कार गरेर सडकमा फालिदिएको घटनाका रुपमा समाचारमा ल्याएका छन् ।

उक्त घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नोएडाको प्रहरीले सो घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

ग्रेटर नोएडाका प्रहरी प्रमुख लभ कुमारले भनेका छन्– हामीले ती महिलाको बयानको थप प्रष्टिकरणका साथै उनले देखाएको क्षेत्रमा सिसी क्यामेराका फुटेजहरुको सङ्कलनको काम भइरहेको जनाएका छन् ।

उनले भने– यो घटना अत्यन्तै क्रुरतापूर्वक र पाँच वर्षअघि मेडिकल विद्यार्थीमाथि भएको घटनालाई थप सम्झाइदिने हिसाबले भएको छ, हामीले अनुसन्धान सुरु गरेका छौँ, तथ्य पत्ता लाग्ने छ ।

त्यस समयमा पनि २३ बर्षीया ती विद्यार्थीमाथि भएको बलात्कारको घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

त्यस घटनाका दोषीमध्ये ४ जनालाई त सर्वाेच्च अदालतको फैसलापछि मृत्युदण्ड दिइसकेको छ । भारत सरकारले सोही घटनापछि नै भारतमा बलात्कारका दोषीलाई कडा सजायको व्यवस्था गरेको छ ।

भारतमा बलात्कारका घटना निकै हुने गर्दछन् । सरकारले जति कडा कानुन ल्याए पनि यस्ता घटनामा कमी भने नआएको अधिकारीहरुले बताएका समाचारमा उल्लेख गरिएको छ । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।