यस्ता छन काठमाडौँमा बेचिने मःमः बारे ७ अनौठा तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ !

काठमाडौँ, तपाईं हामीले खुब मीठो मानेर खाने परिकार हो म:म । बफ, चिकेन, मटन, भेज, पनीर लगायतका धेरै स्वादमा पाइने म:म र त्यसमा पनि काठमाडौँमा बेचिने म:मका बारेमा केहि तथ्य तपाईंलाई थाहा नहुन सक्छ। स्टिम मम, फ्राइड मम, सी मम लगायत विभिन्न भेराइटीमा पाइने ममका बारेमा अर्थसरोकारले अनौठा केहि तथ्यहरु प्रकाशित गरेको छ । ती तथ्यहरुः

१. काठमाडौँमा दैनिक डेढ करोड रुपैयाँको म:म बेचिन्छ । यसरी सरसर्ती हेर्दा महिनाको करिव ४५ करोडको मम बेचिन्छ भने बार्षिक काठमाडौँमा मात्र ५ अर्व ४० करोडको मम बेचिन्छ ।

२. काठमाडौँमा सबैभन्दा बढी बिक्ने मम बफ मम हो । त्यसपछि चिकेन मम बिक्छ । चिकेन ममपछी भेज मम धेरै बिक्छ । मटन म:म वा पनीर म:म त्यसपछि बढी बिक्नेमा पर्छन् ।

३. तपाईंलाई थाहा नहुन सक्छ, काठमाडौँमा बनाना मम (किमामा केरा राखिएको मम) पनि खुब बिक्छ । विशेषगरी बागबजार यसका लागि निकै चर्चित ठाउँ छ । बागबजारको शुभम् खाजा घरमा बनाना मम पाइन्छ। यस अलावा बसुन्धरामा रहेको खरायो क्याफेमा खरायोको मासुको किमा राखिएको खरायो ममपनि पाइन्छ ।

४. तपाईंलाई थाहा नहुन सक्छ तर काठमाडौँमा बेचिने, चिकेन, बाफ वा मटन मममा अत्याधिक मात्रामा मस्यौरा राखिएको हुन्छ । बफ र चिकेन मममा त ७५% मस्यौरा हुन्छ भने बाँकी मासु हुन्छ । किमामा पेलिने हुनाले हेर्दा खास यो कुरा थाहा हुँदैन ।

६. काठमाडौँमा बेचिने मम मध्ये सबैभन्दा ठुलो मम र बाक्लो अचार कोटेश्वरको शिखर ममको हो । काठमाडौँमा सानदार मम, बोता मम लगायत केहि चर्चित मम सेन्टरहरुपनि छन् । रेष्टुरेन्टमा सबैभन्दा बढी अर्डर गरिने परिकारपनि मम हो । काठमाडौँमा मम बेच्न मात्र अरवौंको लगानी भएको छ ।

७. काठमाडौँमा ममनै बेचेर करोडपति हुनेको संख्या ५० बढी छ । कोटेश्वरका एक मम व्यवसायीले ममनै बेचेर २ वटा घर बनाएका छन् भने नयाँ बानेश्वरमा मम बेचेर एक दम्पतीले ४ वटा बंगला ठड्याएका छन् । यस्तै न्यूरोडमा मम बेचेर ३० करोड भन्दा बढी सम्पति कमाएका व्यवसायीपनि छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।