उत्तर कोरियाले अमेरिकामा हान्न सक्ने नयाँ रकेट इन्जिनको परीक्षण गर्‍यो

काठमाडौं, ९ असार । उत्तर कोरियाले नयाँ रकेट इन्जिनको परीक्षण गरेको दाबी अमेरिकाले गरेको छ । उक्त परीक्षण अमेरिकासम्म पुग्ने मिसाइल बनाउने प्रोजेक्ट अन्तर्गत भएको अमेरिकाको दावी छ ।

यो समाचार यस्तो सयममा आएको हो जब दुवै देशका बीचमा उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर तनाव जारी छ । ट्रम्प प्रशासनले यस मुद्दालाई आफ्नो प्राथमिकतामा राखेको छ ।

तर अन्तर्राष्ट्रिय निन्दाका बाबजूद उत्तर कोरियाले आफ्नो मिसाइल परीक्षण बढाएको छ जसको उदेश्य अन्तरद्वीपीय परमाणु मिसाइल बनाउने रहेको छ ।

अमेरिकी अधिकारीले नाम नवताउने शर्तमा कयौं संस्थालाई बताएका छन् कि यो उत्तर कोरियाको आईसीबीएम अर्थात अन्तरमहाद्वीपिय बेलास्टिक मिसाइलको एक चरण हुन सक्छ ।

उत्तर कोरियाको जासुसी सैन्य अप्रेशनको कारण विशेषज्ञका लागि यो पत्ता लगाउन मुस्किल भएको छ कि उत्तर आईसीबीएम बनाउनबाट कति टाढा छ । तर उत्तर को मिसाइल दक्षिण कोरिया र जापानसम्म पुग्नसक्छ जहाँ अमेरिकी सेनाको उपस्थिति रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।