प्रहरी अधिकारीको कुटेर हत्या

श्रीनगर (भारत), ९ असार । भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको समाचार छ ।

कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट ती प्रहरी अधिकारीको ज्यान गएको भारतीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

विवादित यस क्षेत्रमा यस घटनापछि तनाव झन बढेको छ । यसअघि केही समययतादेखि जारी रहेको हिंसाबीच शुक्रबार भएको यस घटनाले थप तनाव बढाएको छ ।

मोहमद आयुब पान्डित नामका ती प्रहरी अधिकारी मारिएपछि यस पहाडी क्षेत्रमा सुरक्षाबल र सर्वसाधारणबीच नै झडप सुरु भएको छ ।

प्रहरीद्वारा जारी विज्ञप्तिमा राज्य प्रहरी सञ्जालका उप निरीक्षक पन्डितको उत्तेजित भिडको आक्रमणको कारण हत्या भएको छ । आफ्नो कर्तव्य पालनाकै क्रममा उनको मृत्यु भएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि विभाजन भएका भारत पाकिस्तान दुबैले काश्मिर क्षेत्रलाई आफ्नो भूभागका रुपमा दावी गर्दै आएका छन् । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।