धरानमा बिसाल चुनाबी सभा, चुनाब सहजै जीत्ने उद्घोष
धरान, नेकपा (एमाले) धरानले आईतबार धरानमा बिसाल चुनाबी सभा गरेको छ । सभापछि प्रतिकृया दिदै एमाले नेताहरुले चुनाब सहजै जितीने बताएका छन् । काङग्रेश र माओबादीको भन्दा तुलानात्मक रुपमा ठुलो देखिएको सभालाई एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले सम्बोधन गरेका थिए । चुनाबी सभालाई सम्बोधन गर्दै नेता नेपालले धरानमा नेकपा (एमाले)ले २०५४ सालमा सुरु गरेको बिकास निर्माणमा जनसहमागिताको मोडल देशमै उदाहरणीय भएको बताएका छन् ।

धरानमा एमाले ल्याएको बिकास निर्माणको ‘जनसहभागिताको मोडल’ अहिले काठमाण्डौ,बुटवल,नेपालगञ्जमा पनि सुरु भई सकेको भन्दै उनले धरानको बिकासमा एमालेले स्पस्ट भिजन तयार गरेको बताए । आईतबार धरानमा आयोजीत चुनाबी सभालाई सम्बोधन गर्दै उनले धरानको मात्र हैन एमालेले सिंगो देशको बिकास गरेर बिश्व सामु उदाहरण देखाउनु छ हामी एमालेहरुले त्यो जिम्मेवारी पुरा गर्नु पर्छ ।
राष्ट्रिय राजनितिको कुरा गर्दै नेता नेपालले माओबादी र काङग्रेश मिलेर प्रदेश नम्मर दुईका जनतामाथि अन्याय गरेको बताएका छन् । राजपाको नाम बेचेर प्रदेश नम्मर र्दुइमा चुनाब नर्गे षडयन्त्र माओबादी र काङग्रेशले गरेको भन्दै उनले मधेशी जनता निर्बाचनमा भाग लिन आतुर भएको बताए ।एमालेलाई मधेश बिरोध भन्दै हल्ला पिटाएर मधेशी जनतासँग भोट माग्ने खेलमा माओबादी कांग्रेश लागेपनि जनताले त्यसको मुल्याङकन गर्ने बताए ।
‘काङग्रेश माओबादीका साथीहरुले र्दुइ नम्मर प्रदेशमा एमाले पहिलो पार्टि हुन्छ नेपालले भने । कार्यक्रममा बोल्दै एमालेका पोलिटब्युरो सदस्य तथा दुई नम्मर प्रदेशका सह इन्चार्ज नगेन्द्र चौधरीले धरान जस्तो बहुसांस्कृतीक शहरबाट सुरु भएको बिकास निर्माणको नमुना कार्यक्रम मधेशमापनि सुरु भएको बताए । देशको स्वभिमान र संबृद्धि चाहाने जनताले एमालेको सुर्यमा मतदान गर्ने भन्दै उनले देशलाई साच्चीकै संबृद्धि गर्ने हो भने एमालेलाई बिजयी गराउनु पर्नेे बताए ।
कार्यक्रममा एमालेका प्रदेश तथा जिल्ला स्तरका नेताहरुलेपनि बोलेका थिए । निर्बाचन परिचालन कमिटीका संयोजक प्रकास राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन सह संयोजक इन्द्रबहादुर राईले गरेका थिए । – ब्लाष्टखबर ।


