यी दम्पत्तिको सारंगी कौशलको यो मन्त्रमुग्ध भिडियो हेर्नुहोस्
वर्ता र विनोद गन्दर्व श्रीमान श्रीमति हुन् । पछिल्लो समय उनीहरु काठमाडौंस्थित किर्तिपुरमा बस्छन् । वर्ता कुशल सारंगी बादक तथा गायिका हुन् । वर्ताले लामो समय कुटुम्ब ब्याण्डमा रहेर सारंगी रेटिन् । सारंगी सिकाउनको लागि नर्वेसम्म पुगिन् र स्वीडेन, चीन, थाइल्याण्डलगायतको ठउँमा पुगेर स्टेज कार्यक्रम गरिन् । उनी नेपाल संगीत विद्यालयकी शिक्षिका पनि हुन् । विनोद गन्दर्वले पनि उस्तै मिठो गीत गाउनुका साथै बाद्यावादन गर्छन् । नयाँ पत्रिकाका विश्वास खड्काथोकी र विनोद विष्टले उनीहरुको घरमा पुगेर तयार पारेको सामाग्रीः


