चीनले दियो भारतलाई यस्तो कडा चेतावनी: भन्यो,- परिणाम विनाशकारी हुन्छ

बेइजिङ। भारत अमेरिकाको सहयोगी बन्न लागेको भन्दै चीनले आपत्ति जनाएको छ। चीनको सरकारी पत्रिकाले चीनलाई बेवास्ता गर्दै अमेरिकाको सहयोगी बन्ने कोसिसले भारतको हित नगर्ने बरु त्यसको परिणाम विनाशकारी हुने चेतावनी दिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार चीनको सरकारी पत्रिका ‘ग्गोबल टाइम्स’ मा प्रकाशित एक लेखमा ‘वाशिंटन र दिल्लीमा चीनको प्रगतिलाई लिएर चिन्ता छ। पछिल्ला वर्षहरुमा चीनमाथि रणनीतिक दबाव बनाउन अमेरिका र भारत नजिक भएको’ उल्लेख छ।

सो लेखमा जापान वा अष्ट्रेलियका जसरी भारत अमेरिकाको सहयोगी बन्न नसक्ने उल्लेख गरिएको छ। सो लेखमा अगाडि लेखिएको छ, ‘चीनलाई रोक्नकालागि अमेरिकी रणनीति अनुसार अमेरिकाको खास सहयोगीका रुपमा भारतले आफूलाई राख्न भारतको हितमा छैन, त्यसको भएको खण्डमा त्यसको नतिजा भयावह हुन्छ।’

सो पत्रिका अगाडि लेख्छ, ‘भारत आफ्नो निरपेक्ष स्थितिबाट हटेर चीनलाई एक्ल्याउन अमेरिकाको कठपुतली बन्यो भने उ एक रणनीतिक द्वीविधामा फस्न सक्छ र त्यसले दक्षिण एसियाको भू–राजनीतिकमा उथल पुथल पैदा गर्नसक्छ।’

चीनलाई काबुमा राख्न दक्षिणी चीन सागर विवादलाई ध्यानमा राख्दै मोदी र ट्रम्पले ह्वाइट हाउसको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा नौपरिवहनको स्वतन्त्रताको कुरा गरेछन्।

दुवै नेताले सीमा विवाद र समुन्द्री सीमा विवादलाई अन्तर्राष्ट्रिय कानुन अनुसार शान्तिपूर्ण रुपमा समाधान गर्ने बताएका छन्। संयुक्त वक्तव्यमा भनिएको छ, ‘भारत प्रशान्त क्षेत्रमा जिम्मेवार सहयोगी भएका कारण ट्रम्प र मोदी यो क्षेत्रमा शान्ति र स्थायित्व उनकालागि अमेरिका र भारतकाबीच नजिकको सहयोग हुन सहमत भएका छन्।’

सो पत्रिकाको लेखका भनिएको छ, ‘पूर्व सोभियत संघ र केनेडीको कार्यकालमा अमेरिकाले भारतलाई चीनको विरोधमा खडा गर्ने पुरै कोसिस गरेका थिए, तर त्यसको परिणाम सन्तोषजनक देखिएन्।’

सो लेखका अनुसार १९५० को दशकको अन्तिमदेखि १९६० को दशकको सुरुआतसम्म सोभियत संघ र अमेरिका दुवै चीनलाई रोक्नलागि भारत कार्डको प्रयोग गर्न चाहन्थे। त्यो बेला केनेडी सरकारले भारतको विदेश नीतिको समर्थन गरेका थिए। तर नतिजा त्यो भएन जुन नतिजाको अपेक्षा गरिएको थियो। भारत चीनको जवाफ हुन सक्दैन इतिहासले यही तथ्य सिद्ध गरेको छ। लेखमा भारतलाई भू राजनीतिक जालमा फस्नबाट बच्न सुझाव दिइएको छ।

‘बेजिङको बढ्दो प्रभावलाई लिएर चिन्ता गर्नुभन्दा पनि आफ्नो सुरक्षा र विकासकालागि भारतले चीनसँग शान्तिपूर्ण सम्बन्ध राख्नु बुद्धिमानी हुन्छ,’ लेखमा भनिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।