अर्घाखाँचीमा एमाले र माओवादी कार्यकर्ताबिच झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो
अर्घाखाँची, असार १४ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्र रुप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तीकारीका नेता नारायण खनाल घाइते भएका थिए ।


