को-को कहाँ बाट बिजयी भए ?
– प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका उम्मेदवार दानबहादुर खड्का ४८० मत ल्याएर प्यानलसहित विजयी ।
– बर्दिया बासगढ़ी नगरपालिका वडा न -१ मा नेकपा माओबादी बिजयी
– उदयपुरको ताप्ली गाँउपालिकाको वडा नम्बर १ र २ नेकपा एमालको प्यानल नै विजयी
– डडेलधुराको अमरगढी नगरपालिका वडा न ११ मा ३६३ मत ल्याएर एमालेको प्यानल नै विजयी ।
– गुल्मीको रुरु गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका रामलाल विश्वकर्मा विजयी।
– गुल्मी दरबार गाउँपालिका १ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी।
– गुल्मी।गुल्मी दरबार गाउँपालिका ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका टोपबहादुर बस्नेत ८३० मत ल्याएर विजयी।
– भोजपुर गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी
– बैतडीको पुर्चौडी गाउँपालिका वडा नं. १ बाट कांग्रेस उम्मेदवार विजयी। वडा अध्यक्षमा निर्वाचन गणेशबहादुर गडाल ४२९ मत ल्याएर विजयी
-खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी
– दार्चुलाको लेकम गाउँपालिका वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा कांग्रेसका दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भए।
– दाङमा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।
– बाजुराको बडिमालिका गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानलै विजयी ।
– रोल्पा जिल्लाबाट कांग्रेसले खाता खोल्यो । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी । निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओली २२७ मत । माओवादीका खुशलसिंह विकको १९९ मत ।
— बझाङको मस्टा गाउँपालिका वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी । वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल ।
– बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा एमाले विजयी
– बाजुरा बडिमालिका नगरपालिका वडा नं. १ को मत गणना सकियो ,नेपाली कांग्रेसका रामबहादुर कार्की वडा अध्यक्षमा विजयी
– नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा कांग्रेस प्यानल विजयी
– बझाङमा एमाले र माओवादीका वडाअध्यक्ष निर्वाचित बझाङ : बझाङको काँडा गाउँपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका गोपाल बोहरा सहितको प्यानल विजयी भएको छ । त्यस्तै थलारा गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका धर्मराज भट्टको प्यानल विजयी भएको छ।


