महाकाली नगरपालिका १ मा काँग्रेसको पुरै समूह विजयी

दार्चुला, १५ असार । महाकाली नगरपालिका– १ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ ।

महाकाली– १ को वडाध्यक्षमा कल्यानसिंह कुँवर ५७३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कुन्दनसिंह कुँवरले ५३१ मत प्राप्त गर्नुभयो । महिला वडा सदस्यमा नारा कार्की, दलित सदस्यमा मीना भुल तथा खुला सदस्यमा कम्मानसिंह कुँवर र महेशसिंह कुँवर विजयी हुनुभयो । सो वडामा कुल एक हजार १८८ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगर प्रमुखमा काँग्रेसका हंशराज भट्टले ५८८ मत, नरसिंह चैंसिरले ५१४ तथा माओवादी केन्द्रका खड्कसिंह धामीले ५२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा काँग्रेसकी सुनिता बोहराले ५५८, एमालेकी दुर्गा धामीले ५१७ तथा माओवादी केन्द्रकी सुमित्रादेवी कुँवरले ७३ मत प्राप्त गरेका छन् । अहिले महकाली– २ को मतगणना भइरहेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।