दाङमा काँग्रेसले खाता खोल्यो :: धनगढीमा काँग्रेसको अग्रता
धनगढीमा काँग्रेसको अग्रता
धनगढी, १५ असार । प्रदेश नं. ७ कोे एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
अपराह्नसम्म ५०० मत गणना हुँदा प्रमुखमा काँगे्रसका नृप वडले १८६ मत पाउनुभएको छ । उपप्रमुखमा काँग्रेसका सुशीला मिश्र भट्टले २१० मतका साथ अग्रता हासिल गर्नुुभएको छ ।
प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १५५ र नेकपा (एमाले) का दुर्गा जोशीले ४१ ल्याउनुभएको छ । उपप्रमुखमा एमालेका रुक्मीणि देवकोटाले हालसम्म ८३ मत पाउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का प्रमुखका प्रत्यासी रामसमझ राना थारुले ३१ र उपप्रमुख शान्ति अधिकारी क्षेत्रीले ६३ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत धनसिं महराले बताउनुभयो ।
बुधबार भएको स्थानीय तहको निर्वाचनको अपराह्नसम्म प्राप्त मतपरिणामअनुसार, कैलालीको धनगढी उपमहानगर र गोदावरी नगरपालिकामा काँग्रेस, टीकापुर नगर, भजनी नगर, जोशीपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम, चुरे गापामा एमाले, घोडाघोडी नगरपालिका, बर्दगोरिया गापा, कैलारी गापामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ ।
भौगोलिक विकटताका कारण मतपेटिक मतगणनास्थलसम्म पु¥याउन समय लाग्ने भएकाले जिल्लाको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाको मत गणना भने सुरु हुनसकेको छैन ।
दाङमा काँग्रेसले खाता खोल्यो
दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित काँग्रेसको समूह विजयी भएको छ ।
अध्यक्षमा काँग्रेसका पदम केसीले तीन सय ५४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का सन्तराम भण्डारीले २५४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यमा चन्द्रकुमार धर्ती र माधिका कँवर विजयी हुनुभएको छ । सो वडामा ९४३ मत खसेको थियो । रासस


