पाँचथरमा एमालेको अर्को जित, याङवरक १ मा एमाले बिजयी
पाँचथरको याङवरक गाउपालिकामा एमालेको प्यानल नै बिजयी भएको छ । सो वडामा नेकपा एमालेका तर्फवाट मोहन ढुङगेलले ४१९ मत प्राप्त गरी बिजयी हुनु भएको हो उहाका निकटतम प्रतिदन्दी नेपालि काँग्रेसका देबेन्द्र कुमार राईले ३९१ मत प्राप्त गर्नु भएको थियो ।
तिर्थमाया राई ४०२ , गिता देवी दमाइ ३९०, नरवहादुर गुरुङ ३८५, राजेन्द्र खालिङ ३९५ मतका साथ बिजयी हुनु भएको याङवरकका र्निर्वाचन कार्यालयका सुचना अधिकृत डम्बर आङदेम्बे ले बताउनु भएको छ । प्रमुखमा नेकपा एमालेका लेखनाथ घिमिरेले ४०२ मतका साथ अग्रता रहेको छ भने नेपालि काँग्रेसका शेरबहादुर नुगोले ३९५ मत प्राप्त गर्नु भएको छ ।
उपाध्यक्षमा एमाले कै कमला योङहाङहाले ३४६ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्षमा नेकाका उमेदवारले २९५ मत प्राप्त गर्नु भएको छ ।


