प्रदेश नम्बर १ मा एमालेले लियो अग्रता – हेर्नु होस् सुची सहित

काठमाडौं, असार १५ । १४ वटा जिल्ला रहेको एक नम्बर प्रदेशको अधिकांश स्थानीय तहमा मतगणना चलिरहेको छ । एक सय ३७ स्थानीय तह रहेको एक नम्बर प्रदेशमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

कुन जिल्लाको अवस्था कस्तो छ ?

मोरङ
मोरङका ८ वटा स्थानीय तहमा एमालेले अग्रता कायम गरेको छ भने ५ वटामा कांग्रेसको अग्रता छ । त्यस्तै नेपाल लोकतान्त्रीक फोरमले एउटा गाउँपालिकामा अग्रता कायम गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । एमालेले अग्रता कायम गरेका स्थानीय तहमा उर्लावारी नगपालिका, सुनवर्सी, लेटाङ, पथरी, सुन्दर हरैचा, बेलवारी नगरपालिकामा अग्रता कायम गरेको छ ।

त्यस्तै मिक्लाजुङ गाउँपालिका, धनपालथान गाउँ पालिकाका उम्मेदवारले अग्रता कायम गरेका छन् । त्यस्तै बुढीगंगा गाउँपालिका सहितको केरावारी, जहदा र कानेपोखरीमा कांग्रस अग्रस्थानमा छ । त्यस्तै रतुवामाइ नगरपालिकामा काग्रेसले झिनोमतान्तरले अग्रता कायम गरेको छ । त्यस्तै मधेशी दलहरुको प्रतस्पर्धापनि देखिएको छ । जसमा कटहरी गाउँ पालिकामा कांग्रेसलाई उछिन्दै नेपाल लोकतान्त्रीक फोरमका देवराज चौधरीले अग्रता कायम गर्दै आउनुभएको छ । केही गाउँपालिका र नगरपालिकाको मत परिणम आउन सकेको छैन ।

यता बिराटनर महानगरपालिकामा दिउँसो देखि शुरु भएको मत गणनामा अहिले सम्म कुनै परिणम आएको छैन । मत गणनाको क्रममा मुचुल्का फेला नपरेपछि रोकिएको मत गणनाको क्रम निर्वाचन अधिकृतको कार्यालयले खोज्ने सहमती जनाएपछि सुचारु भएको छ । आजै वडा नम्बर १ देखि ५ सम्मको मत गणना गरिने जनाईएको भएपनि प्राबिधिक समस्या भएको भन्दै वडा नम्बर १ को मात्र मत गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक नम्बर प्रदेशको एकाध बाहेक अधिकांश स्थानीय तहमा मतगणना भइरहेको छ । १४ जिल्लाका एक सय ३७ स्थानीय तह रहेको एक नम्बर प्रदेशमा तीन ठूला पार्टीबीचन तीव्र प्रतिस्पर्धा देखिएको छ । तर, अहिलेसम्म प्रारम्मिक मात्र मतगणना भएकाले कुन तहमा कस्ले जित्छ भने अनुमान लगाउन कठिन छ ।

इलाम
इलामकोे १० वटै स्थानीय तहमा मतगणना भइरहेको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा कांग्रेस र एमालेको बराबरी अग्रता देखिएको छ । इलाम, देउमाई सुर्योदय नगरपालिका तथा फाकफोकथुम र माङसेवुङ्ग गाउँपालिकामा कांग्रेसकाको अग्रता छ । सन्दकपुर, माईजोगमाई, रोङ गाउँपालिका लगातयमा एमालेको अग्रता देखिएको उज्यालो सहकर्मीले जनाएका छन् ।

पाँचथर
एक नगरपालिका सहित आठ ओटा स्थानीय तह रहेको पाँचथरको प्रारम्भिक मतपरिणमले पनि काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच त्रिपक्षिय भिडन्त देखिएको छ । चार ओटा स्थानीय तहमा काँग्रेसले अग्रता लिएका छ । फिदिम नगरपालीका, फाल्गुनन्द गाँउपालीका, हिलिहाङ गाँउपालीका र कुम्मायक गाँउपालीकाको अध्यक्षमा काँग्रेसले अग्रता लिएको हो ।

तुम्बेवा गाँउपालीकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्धार देवेन्द्र खत्रिलाई एमालेले साथ दिएको छ । तुम्बेवामा खत्रिले अग्रता लिएका हुन् । फालेलुङ गाँउपालीका र तुम्बेवा गाँउपालीकाको अध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएका छन् । याङवरक गाँउपालीकामा नेकपा एमालेको अग्रता छ ।

ताप्लेजुङ
ताप्लेजुङका ९ वटा स्थानीय तहमध्ये ८ वटामा मत गणना भइरहेको छ । गणना भइरहेको आठ मध्ये सातवटामा एमालेले अग्रता कायम गरेको छ भने एउटा मात्र कांग्रेसको अग्रता कायम गरेको उज्यालो सहकर्मीले जनाएका छन् । आठराई त्रिवेणी गाउँपालिकामा कांग्रेसको अग्रता छ भने अरु सबै तहमा एमालेले लिड गरिरहेको छ । सिदिङ्गवा, फक्ताङ्लु, मिक्वाखोला, मेरिङदेन, मैवाखोला याङवरकलगायतका गाउँपालिका एमाले अग्रस्थानमा छ ।

सोलुखुम्बु
सोलुखुम्बुका आठवटा स्थानीय तहमध्ये ६ वटामा मगतणना जारी छ । गणना भएका ६ मध्ये पाँचवटा तहमा नेपाली कांग्रेसका उम्मेद्वारले प्रारम्भिक अग्रता कायम गरेका छन् । महाकुलुङ्ग गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ । दुधकौशिका र खुम्बु पासाङ्गल्हामु गाउँपालिकामा मत गणना सुरु हुन सकेको छैन । दलहरुबीच समझदारी कामय हुन नसक्दा गणना सुरु हुन नसकेको हो ।

खोटाङ
खोटाङ हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका मेयरका उम्मेद्वार इवन राईले १४३, एमालेका खडेन्द्र राईले ९८, माओबादी केन्द्रका हरिश्चन्द्र गिरीले १२४ र संघीय समाजबादी फोरमका बच्चु राईले १२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । रुपाकोट मझुवागढी नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । एमालेका मेयरका उम्मेद्वार दिपनारायण रिजालले ३७४ मत ल्याएर अग्रता कायम गरेको हो । यस्तै, दिप्रुङ गाउँपालिकाको पछिल्लो जानकारी अनुशार कांग्रेसले अग्रता कामय गरेको छ ।

कांग्रेसका प्रमुखका उम्मेद्वार भूपेन्द्र राईले ५१६, उपप्रमुख सपना राईले ४२३, एमालेका अर्जुन रोकाले २७२, उपप्रमुखमा २७७, माओबादी केन्द्रका दिपक पाण्डेले २४८ र उपप्रमुख कल्पना राईले ३२८ मत प्राप्त गरेका छन् । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केपीलासगढी गाउँपालिकाको मतगणना रोकिएको छ । केही स्थानमा फोन सम्पर्क नहुँदा गणनाबारे जानकारी लिन नसकिएको उज्याले सहकर्मीले जनाएका छन् ।

सुनसरी
सुनसरीको १२ वटा स्थानीय तहमा मतगणना भइरहेको छ । प्राराम्भिक मत परिणाम अनुसार ६ स्थानमा कांग्रेसका उम्मेद्वार अगाडि छन् । एक स्थानमा माओवादी केन्द्रले अग्रता लिएको छ भने एक स्थानमा संघिय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । एक स्थानमा स्वातन्त्र उम्मेद्वार दिवाकर यादवले अग्रता लिएका छन् । धरान उप महानगर, दुहवी नगरपालिका र गढी गाँउपालिकाको मत परिणाम सार्वाजनिक भएको छैन । यी नगरपालिकामा एमालेले अग्रता लिने अनुमान गरिएको छ ।

तेह्रथुम
तेह्रथुमका सबै स्थानीय तहमा मतगणना भइरहेको छ । २ नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । म्याङलुङ नगरपालिकामा कंग्रेसका मेयर उम्मेदवार १ सय ९२ मत सहित अगाडि छन् भने एमाले १ सय ९१ मतसहित कांग्रेसलाई पछ्याइरहेको छ ।

त्यस्तै लालीगुराँस नगरपालिकामा कंग्रेसका मेयर उम्मेदवार ३ सय २ मत सहित अगाडि र एमाले २ सय ३९ मतसहित दोस्रो स्थानमा छन् । मेन्छ्यायम गाउँपालिकामा कांग्रेस २ सय ३० मत सहित अगाडि र एमाले १ सय ६३ मत सहित दोस्रो सथनमा छन् ।

उदयपुर
उदयपुरको सबै स्थानिय तहमा पनि धमाधम मतगणना भइरहेको छ । उदयपुरमा ४ नगरपालिका र ४ गाँउपालिका सहित ८ वटा स्थानिय तह रहेका छन् । सार्वजनिक भएको प्रारम्भिक परिणामअनुसार एमाले पाँच स्थानमा अघि छ भने कांग्रेसले तीन स्थानमा अग्रता कामय गरेको छ ।
कटारी नगरपालिका, ताप्ली, सुनकोशी, रौतादेवी, र उदयपुरगढी गाउँपालिकामा एमाले अघि छ भने बेलका, त्रियुगा र चौडण्डीगढी नगरपालिकामा कांग्रेसले अग्रता गरिरहेको छ ।

१५ वटा स्थानीय तह रहेको झापाका सबै ठाउँमा गणना भइरहेको छ । झापा तीन ठूला दलबीच नै तीव्र प्रतिस्पर्धा देखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।