ओलीको गृहनगर दमकमा एमाले अगाडी, पछ्याऊदै माओवादी केन्द्र – यस्तो छ ताजा मत परिणाम
दमक । दोश्रो चरण अन्तर्गतको निर्वाचन सकिए संगै मतपरिणाम पनि आउन सुरु भएको छ । झापाको दमक नगरपलिकामा प्रारम्भिक नतिजा हेर्दा सजिलै जित, हार हुने सम्भावना टर्दै गएको देख्न सकिन्छ ।
प्रारम्भिक मत परिणाम मात्र भएकाले अहिले नै अनुमान लगाउन भने सकिदैन । यद्यपि दमकमा राजनीतिक रुपमा संबिधानसभा निर्वाचनमा पछि परेको माओबादी केन्द्रले अन्य दललाइ कडा टक्कर दिनेछ ।
दमक नगरपालिकाको मतगणनाको पछिलो परिणाम अनुसार, एमालेका उम्मेदवार रोमनाथ ओलीले अग्रता लिएका छन् भने पछि पछि माकेका रेवतराज पुरी कुद्दै छ |
हेर्नुहोस दमक नगरपालिकाको ताजा परिणाम-
एमाले-६१५
राप्रपा-५०४
माओवादी-५१५
नेका-३१५


