रुपाकोट मझुवागढी– ११ मा काँग्रेसका समूह विजयी

खोटाङ, १५ असार । रुपाकोट मझुवागढी नगरपालिका– ११ मा नेपाली काँग्रेसका समूह विजयी भएका छन् ।

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रामचन्द्र राईले ३३४ मत प्राप्त गरेर विजयी भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुरेशकुमार तामाङले ३१७ मत प्राप्त गर्नुभएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक हजार ३४९ मत खसेको उक्त वडाका सदस्यहरुमा काँग्रेसका उम्मेदवार नै विजयी भएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।