प्रम. देउवाको गृहनगर अमरगढी नगरपालिकामा एमाले विजयी
डडेलधुरा, असार १६ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर डढेलधुराको अमरगढी नगरपालिकामा एमाले विजयी भएको छ ।

मेयरमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद (विपिन) ओझा ३ हजार ७ सय ६८ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका डिल्लीराज ओझाको ३ हजार ६४० मत आएको छ । उपमेयरमा पनि एमालेकै संगिता भण्डारी विजयी हुनुभएको छ ।


