ताप्लेजुङमा एमाले १२, काग्रेस ६, माओवादी केन्द्र २ वडा अध्यक्षमा विजयी
ताप्लेजुङ असार १६ गते । नेकपा एमालेले ताप्लेजुङमा दश वडा बिजयी प्राप्त गरेको छ भने नेपाली काग्रेसले ६ वडा माओवादी केन्द्रले दुई वडामा विजयी बनेको छ ।
ताप्लेजुङको. एक मात्र फुङलिङ नगरपालिका वडा १ मा नेकपा एमालेका उम्मेदवार पदमबहादुर सुनुवारको प्यानललै बिजयी बनेको छ ।भने २ मा एमालेकै उम्मेदवार मोहन न्यौपाने विजयी बनेको छ ।
एमालेलेल मैवाखोला १मा दुर्गा तामाङ २ मा सुरेश साँवा ५ कुलप्रसाद लिम्बु ६ मा विष्णु नेयोङ बिजयी बनेका छ । याङवरक गाउपालिका वडा ६ (थुम्बेदिन) दुर्गा लिम्बु ५ ( चाक्सिवोटे )मा तारामान साम्सोहाङ बिजयी बनेको छ । मेरिङदेन गाउ पालिका वडा ६ (नाल्बु) मा ठाकुरसिह नाल्बोले बिजयी हुनु भएको छ । उता सिरिजंघा गाउपालिकामा वडा १ (सिनाम)मा उर्मिला थेबेको प्यानल नै विजयी बनेका छन । सिदिङमा १ (कालीखोला) मा बिजय चापागाई विजयी हुनु भएको छ । आठराई त्रिवेणी वडा ४ ( चाँगे )मा डम्बरबहादुर लिम्बुको प्यानलै विजयी बनेको छ ।
नेपाली काग्रेसले वडा अध्यक्षमा सिरिजंघा ८ ( याम्फुदिनमा )मा टाँसी शेर्पा,याङवरक ३ (डुम्रिसे)द्रमान खोयाहाङ ,आठराई त्रिवेणी गाउपालिका १ ( निघुरादिन ) पूर्ण सिटौला, मिरिङदेन ५ (थुकिमा) जैबहादुर खड्का प्यानललै मिक्वाखोला १(खोक्लिङ) अमृत लिम्बु २ मा सुरेश थापा प्यानललै ,विजयी भएको छ ।
माओवादी केन्द्रले भने फुङलिङ नगरपालिका ११ ( फावाखोला ) मा योगेश भट्टराई आठराई त्रिवेणीमा ५ ( चाँगे ) मा सन्तोष आङबुहाङ निर्वाचित हुनु भएको छ ।
यता फुङलिङ नगरपालिकाको एमाले मेयरका उम्मेदवार छत्रपति प्याकुरेलले ११ सय ५२ मत ल्याएर अग्र स्थानमा रहेका छन भने नेपाली काग्रेस केशव दाहालले ७ सय ७८ मत ल्याएका छन संघीय लिम्बुवान मञ्चले १९० मत ल्याएका छन ।
उप मेयरका एमाले उम्मेदवार विमला सुब्वाले ८सय ८८ माओवादी काग्रेस गठबन्धनका उम्मेदवार बमबहादुर थापा तारा ८ सय ८६ मत र राप्रपाको ३सय ११ अमिर मादेनले ल्याएका छन ।


