दार्चुलाको महाकाली नगरपालिकामा कांग्रेसका हंसराज विजयी
दार्चुला, असार १६ । दार्चुलाको महाकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हंसराज भट्ट विजयी हुनुभएको छ ।

उपमेयरमा कांग्रेसकै सोना बोहोरा विजयी हुनुभएको छ ।
महाकाली नगरपालिकाको ९ वडा मध्ये ८ वटा वडामा काँग्रेसको प्यानल र ९ वडामा मात्र एमालेको प्यानल नै विजयी भएको हो ।


