यी हुन नेपाली कांग्रेसका कान्छा उम्मेदवार जस्ले शिक्षकलाई हराए
बाजुरा, १६ असार । बाजुराको बडिमालिका नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका कान्छा उम्मेदवार प्रकाश रावल विजयी भएका छ्न । उनले एमालेका दलबहादुर थापालाई पराजित गरेका हुन् ।

८ नम्बर वडाकै श्री मालिका उच्च माविका शिक्षक दलबहादुर थापाले वडा अध्यक्षको टिकट पाए पछि शिक्षक पदबाट राजीनामा दिएका थिए । तर उनलाई त्यही विद्यालयमा अध्ययन गरेर अहिले स्नातक पढ्दै गरेका २१ वर्षका प्रकाश रावलले पराजित गरेका हुन् । विजयी भएपछि वडा अध्यक्षमा रावलले राजनीति रिटायर्डहरुले गर्ने नभई युवाहरुले गर्नुपर्ने बताएका छन् ।


