पथरी शनिश्चरे १ मा एमाले विजयी
मोरङ-मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं– १ को वडाअध्यक्षमा नेकपा एमालेका बाबुराम याङदेनले एक हजार ५२९ मत ल्याएर विजयी भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार धनकुमार तामाङले एक हजार १११ मत प्राप्त गर्नुभयो । सो वडामा चार हजार १५२ मत खसेको थियो ।
यस्तै वडा सदस्यहरुमा एमालेकै रोमान्सी धिमाल, इन्दिरा सुन्दास, दुर्गाप्रसाद सिटौला र धनप्रसाद साँवा विजयी हुनुभएका छन् ।


