धनकुटामा एमालेले खाता खोल्यो, खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिकामा एमाले बिजयी

धनकुटा खबर, धनकुटाको खाल्सा छिन्ताङ्ग शशिदभुमि गाउँपालिकामा नेकपा एमालेका प्रमुख र उप–प्रमुखमा बिजयी हासिल गनरेको छ ।

बिजयको लागि गाउँपालिका प्रमुख पदको मनोज राईले ४०५४ र उप–प्रमुख रत्नश्वरी राईले ३९१६ मत ल्याएर बिजयी भएका हुन् ।

उनीहरुको निकटम प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रका प्रमुखका उमेद्वार भरतसिंह राईले १५७९ र केन्द्रकै रामकुमारी राईले १५३४ मत ल्याएको छन् ।

यस गाउँपालिकाको ७ वडा मध्ये ६ वटा वडा अध्यक्षतामा एमालले बिजय हाँशिल गरेको छ ।

१०९२८ मत भएको यो गाउँपालिकामा खसेको ८०६२ मत मा १५५ मत बदर भएको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।