एमालेकी चर्चित शिवकुमारीले ल्याइन कसैले सोच्दै नसोचेको मत…
कपिलवस्तु, १६ असार– कपिलवस्तुको शिवराज नगरपालिकामा एमालेतर्फबाट उम्मेदवार बनेकी २३ वर्षीया उम्मेदवार शिवकुमारी थारुले विपक्षको भन्दा चार गुणा बढी मतले लिड गरेकी छिन् ।
उपमेयर उम्मेदवार शिवकुमारीले १२३३ मत ल्याएकी छिन् । उपमेयरमा उनीपछि माओवादी केन्द्रका उम्मेदवार ३२६ मत ल्याएका छन् । शिवकुमारी भाषण गर्ने कुशल शैलीका कारण यसअघि खुबै चर्चामा रहेकी थिइन् । उनले शिक्षण पेशा त्यागेर राजनीतिमा लागेकी हुन् । उनी मिडियामा चर्चामा आएपछि उनको कति मत आउँछ भन्ने विषय सर्वत्र चर्चामा रहेको थियो ।
तेस्तै उता बझाङको दुर्गाथली गाउँपालिकामा एमाले विजयी भएको छ ।गाउँपालिका अध्यक्षमा एमालेका प्रयागराज जोशी १ हजार ५ सय ९० मतका साथ विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै पार्वती जप्रेल १६१२ मतका साथ जित हात पारेकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका अध्यक्ष उम्मेदवार जनक दौल्यालको १ हजार ४ सय ५३ मत र उपाध्यक्ष उम्मेदवार शान्ति महतको ८ सय ५३ मत आएको छ ।
त्यस्तै, बझाङकै बित्थडचिर गाउँपालिकामा पनि एमालेले जितेको छ । अध्यक्षमा एमालेका प्रेमबहादुर बोहोरा २१५५ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका धनबहादुर खड्काले १ हजार ६ सय ३५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकै जानकी बोहोरा २ हजार १ सय ६५ मत सहित विजयी भएकी छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी कमला जोशीले १ हजार ७ सय ९३ मत प्राप्त गरेकी छन् ।बझाङका १२ स्थानीय तहमध्ये हालसम्म ५ गाउँपालिकाको मतगणना सकिएको छ । जसमध्ये ४ गाउँपालिका एमालेले जितेको छ भने एउटामा कांग्रेसले जितेको छ ।


