पछिल्लो अपडेट : को-को कहाँ बाट बिजयी भए ?

– बझाङको तल्कोट गाँउपालिकाको

प्रमुख र उपप्रमुख पदमा एमालेका उम्मेदवार विजयी

प्रमुख पदमा नेकपा एमालेका लालबहादुर विस्ट विजयी

– रामपुर ,पूर्वखोला गाउँपालिका–

वडा नं १ मा भोगबहादुर थापा मगर एक हजार २१४ मत ल्याएर विजयी ।

वडा नं २ मा निलबहादुर सारु एक हजार २१३ मत ल्याएर विजयी ।

वडा नं ३ मा एमालेकै नीलबहादुर भट्टराई ८३० मत ल्याई विजयी ।

– इनरुवा, सुनसरीको हरिनगरा गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका लतिफ अन्सारी ८८० मत प्राप्त गरी वडाध्यक्षमा विजयी

– रुकुमको सिस्ने गाउँपालिकामा अध्यक्षमा माओवादीकी कुमारी बराल ३२९३ र उपाध्यक्षमा माओवादीकै गोबर्द्धन बुढा ३३२६ मत ल्याएर विजयी

– शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा विजयी भएका माओवादी केन्द्रका जगतबहादुर सिंहले ६९९ मत ल्याएका थिए ।

– रुकुमको सिस्ने गाँउपालिका वडा नं ४ मा नेकपा एमालेका दलराज घर्तीको प्यानल विजयी

– कञ्चनपुरको लालझाँडी गाँउपालिका २ र ५ मा कांग्रेसका प्यानल विजयी

– डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्षमा कांग्रेसकी कौशिला भट्ट २००७ र उपाध्यक्षमा कांग्रेसकै पद्मबहादुर बोहरा १८४४ मत ल्याएर विजयी

– कपिलवस्तुमा माओवादी केन्द्रले खाता खोल्यो । यशोधरा गाउँपालिका वडा नं. १ मा माओवादीका शिवपुज पासीको प्यानल विजयी

– पाल्पाको निस्दी गाउँपालिकाको वडा नं ७ मा नेपाली कांग्रेस गगन सिं सोती ६ सय ७५ मत सहित प्यानल विजयी। डा नं ६ मा नेकपा एमालेका मेखबहादुर सुनारी ७ सय ९६ मत सहित प्यानल सहित विजयी

– प्यूठानको मल्लरानी गाउँपालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चाका अमरध्वज रानामगर २३२८ र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा कै सरिता जिसी २३८६ मत ल्याएर विजयी

– त्रिवेणी सुस्ता गाउँपालिका अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डेयले ३५११ मत ल्याएर विजयी

– पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका सन्तकुमार शेर्माको प्यानल वियजी

– डोटीको के. आई. सिंह गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी

– नवलपरासीको त्रिवेणीसुस्ता गाउँपालिकामा एमालेका रामप्रसाद पाण्डेय ९२३७०० र उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी थरुनी विजयी

– उदयपुरको ताप्ली गाँउपालिका अध्यक्षमा एमालेका उद्धवसिंह थापाले १२९१ मत ल्याएर जित हात पारेका छन्। उपाध्यक्षमा पनि एमालेकै कमला राई १८२१ मत ल्याएर विजयी

– बझाङको दुर्गाथली गाउँपालिकामा पनि एमाले अध्यक्ष प्रयागराज जोशी १५९० मतका साथ बिजयी । उपाध्यक्षमा पनि एमालेकै पार्वती जप्रेल १६१२ मतका साथ बिजयी

– उदयपुरको ताप्ली गाँउपालिका अध्यक्षमा एमालेका उद्धवसिंह थापाले १२९१ मत ल्याएर जित हात पारेका छन्। त्यस्तै उपाध्यक्षमा पनि एमालेकै कमला राई १८२१ मत ल्याएर विजयी

– बझाङको वित्थडचिर गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रेमबहादुर बोहरा विजयी भएका छन्। उपाध्यक्षमा एमालेकै जानकीदेवी बोहरा विजयी

– बझाङको थलारा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका भुवनेश्वर उपाध्याय २७७८ मत प्राप्त गरी विजयी त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकै गंगुदेवी खडायत २६६३ मत प्राप्त गरी विजयी

– बराह नगरपालिका, सुनसरी : प्रमुख/उपप्रमुख कांग्रेस १२३५/१२३४ एमाले १०५५/१०३७ माओवादी २६९/३८१ बराह वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी।

– दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा एमालेका परमानन्द जोशी र उपाध्यक्षमा एमालेकै माधवी जोशी विजयी

– रुकुमको भूमे गाउँपालिकामा माओवादी अध्यक्ष मारामसुर बुढा / उपाध्यक्षमा मनकुमारी विष्ट

– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरास्थित अजयमेरु गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उमेश भट्ट ‘विकासु’ विजयी

– दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर वली ३२५२ तथा उपाध्यक्षमा माओवादीकै यमुना थापा मगर ३३७१ मत ल्याएर विजयी

– डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रका वीरबहादुर बोहराको प्यानल विजयी

– बाँकेको डुडुवा गाउँपालिकाको ६ न. वड़ा अध्यक्षमा राजपाका स्वतन्त्र उम्मेदवार गोकर्ण मिश्रा विजयी

– रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी उम्मेदवार विजयी

– दाङको बंगलाचुली गाउँपालिका वडा नं. ५ मा माओवादीका युवराज खत्रीको प्यानल विजयी

– झापाको कनकाई नगरपालिका वडा नम्बर-१ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ। वडा अध्यक्षमा एमालेका रोशनराज पोखरेल ८८७ मत ल्याएर विजयी

– मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ मा एमालेका बाबुराम येङदेन १५२९ मत ल्याएर प्यानलसहित विजयी

– दार्चुलाको महाकाली नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका हंसराज भट्ट ४०४३ मत ल्याएर विजयी

– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेले विजयी

– ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवैमा नेकपा एमाले विजयी

– भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा नेकपा एमालेका विजय राई २३५६ मत सहित विजयी

– बाजुराको बडिमालिका नगरपालिका प्रमुखमा कांग्रेसका पदम बडुवाल २२३५ र उपप्रमुखमा कांग्रेसकै कविताकुमारी बुढा विष्ट २१४७ मत ल्याएर विजयी

– सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सागर किराँती १४०३ मत ल्याएर विजयी

– दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रको प्यानल नै विजयी

– इलामका ११ मध्ये एमाले र कांग्रेस ५/५ र माअोवादीले १ वडा जितेको छ ।

– अछामको कमलबजार नगरपालिका–५ मा एमाले विजयी ।

– बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै विना भट्ट

– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेले जित हात पारेको छ।

– बाजुराको गौमुल गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हरि रोकाया र उपाध्यक्षमा एमालेकै सीता थापा विजयी

– बाजुराको पाण्डवगुफा नगरपालिकाको ६ वटा वडाका विजयी वडाध्यक्षहरु
वडा नं १. रामलाल बोगटी (एमाले) वडा नं. २. कर्णबहादुर विष्ट (एमाले) वडा नं ३. डम्मरबहादुर शाही (एमाले) वडा नं ४. पवन भण्डारी (कांग्रेस) वडा नं. ५. प्रकाशबहादुर शाही (माओवादी) वडा नं ६. कटकबहादुर विष्ट (एमाले)

– रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर ४ र ५ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ।

– रुकुमका ३ गाउँपालिकामा विजयी वडा अध्यक्षहरु
सिस्ने गाउँपालिका
१. मानबहादुर बुढा (माओवादी केन्द्र)
२. जीवन केसी (माओवादी केन्द्र)
३. पशुपति खड्का (काङ्ग्रेस-एमाले गठबन्धन )
६. सुधन रेग्मी (माओवादी केन्द्र)
७. अमृते बुढाथोकी (माओवादी केन्द्र)
८. खर्क सिंह थापा (माओवादी केन्द्र)

भुमे गाउँपालिका
१.रामचन पुन (माओवादी केन्द्र)
२.नरबहादुर बुढा (माओवादी केन्द्र)
७. धनमान रोका (माओवादी केन्द्र)
८. पञ्चबहादुर रोका (माओवादी केन्द्र)
९. प्रवेश पुन (माओवादी केन्द्र)

पुथाउत्तरगंगा गाउँपालिकामा
१.मगरसिंह गुरुङ्ग (माओवादी केन्द्र)
२.सतसिंह बुढा (माओवादी केन्द्र)
३.भोक्रा बुढा (माओवादी केन्द्र)
४.बर पुन (माओवादी केन्द्र)
५.कालिप्रसाद रोका (माओवादी केन्द्र)
११.जयकुमार बुढा (माओवादी केन्द्र)
१२.गंगा पुन (माओवादी केन्द्र)
१३.दिनेश गुरुङ्ग (माओवादी केन्द्र)
१४.हर्कबहादुर बुढा (एमाले)

– खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका शंकरबहादुर राई र उपाध्यक्षमा
एमालेकै विमला राई विजयी

– बाजुराको छेडेदह गाउँपालिकामा कांग्रेस विजयी

– संखुवासभाको चिचिला र सिलिचोङ गाउँपालिकामा कांग्रेस विजयी

– कञ्चनपुरको बेलौरी नगरपालिका- १ मा माओवादी केन्द्रका रतनबहादुर शाहीको प्यानल विजयी

– भोजपुर नगरपालिका-८ मा नेपाली कांग्रेसको प्यानलै विजयी बनेको छ

– रुकुमको भूमे गाउँपालिकामा निकटतम प्रतिद्वन्द्वीभन्दा माओवादी तेब्बर मतले अघि

– उदयपुरको त्रियुगा नगरपालिका-१६ मा माओवादी केन्द्रका मानबहादुर राईको प्यनल नै विजयी

– सिस्ने गाउँपालिका–३, रुकुममा कांग्रेस–एमाले गठबन्धनका पशुपति खड्काको प्यानल विजयी भएको छ ।

– खोटाङको जन्तेढुंगा गाउँपालिका एमालेले जितेको छ । २१५३ मतका साथ एमालेका शंकर राई विजयी बनेका हुन् । उपाध्यक्षमा पनि एमालेकै विमला राई २०८६ मत सहित विजयी बनेकी छन् ।

– संखुवासभाको चिचिला गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नेर्वु शेर्पा विजयी भएका छन्। उपप्रमुखमा पनि कांग्रेसकै यादु कुमारी रार्इ बिजयी

कांग्रेस- १४६२/१३७२

एमाले- ७७०/७४९

– नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल विजयी

– झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ८ को अध्यक्षमा नेकपा मओवादी केन्द्रका मात्रिकाप्रसाद पौड्याल ३०८ मत प्राप्त गरी विजयी भएका छन्। सदस्यमा भने एमाले उम्मेदवारहरु विजयी

– रुकुममा एमालेले खाता खोल्यो । पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं १४ मा नेकपा एमालेका हर्कमान बुढाको प्यानल बिजयी ।

– बाँकेको नरैनापुर गाउपालिका वडा नम्बर १ र २ मा संघीय समाजवादी फोरमको प्यानल विजयी । ३ नम्बर वडामा कांग्रेसको पल्लाभारी ।

– बाँकेको खजुरा गाउँपालिका – १ मा एमालेको प्यानल विजयी भएको छ ।

– कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ मा एमाले प्यानल विजयी भएको छ ।

– झापाको अर्जुनधारा नगरपालिकाको वडा नं. १ मा एमाले विजयी भएको छ।

– दमक नगरपालिकाको वडा नं. १ को वडाध्यक्षमा राप्रपाका तारा अधिकारी १० मतअन्तरले विजयी भएका छन् ।

– बाजुराको पाण्डवगुफा गाउँपालिकामा अध्यक्षमा एमालेका कालिवहादुर शाही बिजयी

– बैतडीको दशरथचन्द नगरपालिकाका ३ वडामा नेपाली कांग्रेसको वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ । दशरथचन्द नगरपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका भुवन भट्ट वडा अध्यक्षमा विजयी हुनुभएको छ । भट्टले ५४४ मत ल्याउनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका मदनसिंह भाटले ३४२ मत ल्याउनुभएको छ ।

– पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गाउँ सुर्नया गाउँपालिकाको वडा नं २ वासुलिंगमा वडा अध्यक्षमा प्यानल सहित राप्रपा विजयी भएको छ । अध्यक्षमा राप्रपाका हर्क बहादुर पाण्डे ३२१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका मोहनबहादुर बिष्टले १९३ मत ल्याउनुभयो ।

– बाजुराकाे पाण्डवगुफा गाँउपालिका १४५१ मतका साथ एमाले कालीबहादुर शाही अध्यक्ष पदमा बिजयी भएका छन् । उपप्रमुखका पनि एमालेकै ऐना गिरीले १४९० मत ल्याएर जित हासिल गरेकी छन् । प्रतिद्धन्दी काँग्रेसका अध्यक्षका उम्वार सुन्दर बिष्टः ९८९ उपाध्यका उम्मेद्धार तारा रोकाया ९८७

– रुपन्देहीको शुद्धोधन गाउँपालिकाको वडा नं. २ मा काग्रेसको प्यानलै विजयी भएको छ । त्यहाँ कांग्रेसका विष्णुप्रसाद बस्याल १ हजार १ सय ५१ मतका साथ विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले १ हजार मत प्राप्त गरे ।

– झापाको कचनकवल गाउँपालिकाको वडा नं. १ मा राप्रपाका उम्मेदवार विजयी ।

– सोलुखुम्ब जिलाको लिखुविके गाउँपालिकामा नेकपा माओवादी अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याई विजयी ।

– रुकुमको सिस्‍ने गाउँपालिकाको वडा नं ८ मा माओवादी केन्द्रका खर्कसिंह थापा ५४८ मत ल्याएर प्यानलसहित विजयी ।

– बैतडी पाटन– १ नगरपालिका– ७ को अध्यक्ष पदमा एमालेका ललितबहादुर चन्दले ३२७ मत ,हरिदत्त भट्टले २३४ मत ल्याएर विजयी ।

– मिक्लाजुङ १ मा वडाध्यक्ष एमालेका नरबहादुर राई ४४७ मत प्राप्त गरी विजयी ।

– डोटी शिखर नगरपालिका– १ मा वडाका काँग्रेस खड्कबहादुर शाही ६३३ मत विजयी ।

– प्रधामन्त्री शेरबहादुर देउवाले मतदान गरेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका – १ मा कांग्रेसका चेतराज भट्टले ९१५ मत ल्याएर प्यानल विजयी ।

– दार्चुलाको अपीहिमाल गाउँपालिका वडा नम्बर १ को कांग्रेसका धनसिंह जागरी र वडा नम्बर २ को एमालेका मानसिंह धामी विजयी।

– बझाङको काँडा गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसका राजेन्द्रबहादुर धामी ३९४ मत ल्याएर विजयी ।

– रुपन्देहीको शुद्धोधन – १ बाट फोरमले खाता खोल्यो, सम्मरीमाई -१ मा कांग्रेस विजयी ।

– दाङको दंगीशरण गाउँपालिका १ को वडाध्यक्षमा एमालेका श्रीप्रसाद चौधरी ३९७ मतका साथ विजयी।

– डोटीको के .आई.सिंह गाउँपालिका वडा नं. १ अध्यक्षमा कांग्रेसका उम्मेदवार कृष्णबहादुर बम ३२४ मत ल्याएर विजयी ।

– दाङमा कांग्रेसले खाता खोल्यो। बंगलाचुली -१ कांग्रेसका पदम केसीको प्यानल विजयी ।

– दाङको राजपुर गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रका विष्णु बुढा ४०१ मत प्राप्त गरेर प्यानल नै विजयी

– महाकाली नगरपालिका– १ मा नेपाली काँग्रेसको पुरै समूह विजयी ।

– दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा एमालेका भवानसिंह धामी ३५६ मत ल्याएर वडाध्यक्षमा विजयी।

– प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका उम्मेदवार दानबहादुर खड्का ४८० मत ल्याएर प्यानलसहित विजयी ।

– बर्दिया बासगढ़ी नगरपालिका वडा न -१ मा नेकपा माओबादी बिजयी

– उदयपुरको ताप्ली गाँउपालिकाको वडा नम्बर १ र २ नेकपा एमालको प्यानल नै विजयी

– डडेलधुराको अमरगढी नगरपालिका वडा न ११ मा ३६३ मत ल्याएर एमालेको प्यानल नै विजयी ।

– गुल्मीको रुरु गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका रामलाल विश्वकर्मा विजयी।

– गुल्मी दरबार गाउँपालिका १ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी।

– गुल्मी।गुल्मी दरबार गाउँपालिका ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका टोपबहादुर बस्नेत ८३० मत ल्याएर विजयी।

– भोजपुर गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी

– बैतडीको पुर्चौडी गाउँपालिका वडा नं. १ बाट कांग्रेस उम्मेदवार विजयी। वडा अध्यक्षमा निर्वाचन गणेशबहादुर गडाल ४२९ मत ल्याएर विजयी

– खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी

– दार्चुलाको लेकम गाउँपालिका वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा कांग्रेसका दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भए।

– दाङमा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।

– बाजुराको बडिमालिका गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानलै विजयी ।

– रोल्पा जिल्लाबाट कांग्रेसले खाता खोल्यो । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी । निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओली २२७ मत । माओवादीका खुशलसिंह विकको १९९ मत ।

– बझाङको मस्टा गाउँपालिका वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी । वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल ।

– बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा एमाले विजयी

– बाजुरा बडिमालिका नगरपालिका वडा नं. १ को मत गणना सकियो ,नेपाली कांग्रेसका रामबहादुर कार्की वडा अध्यक्षमा विजयी

– नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा कांग्रेस प्यानल विजयी

– बझाङमा एमाले र माओवादीका वडाअध्यक्ष निर्वाचित बझाङ : बझाङको काँडा गाउँपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका गोपाल बोहरा सहितको प्यानल विजयी भएको छ । त्यस्तै थलारा गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका धर्मराज भट्टको प्यानल विजयी भएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।