बाजुराको हिमालीमा गापामा काँग्रेस विजयी
बाजुरा, १६ असार । जिल्लाको उत्तरी भेगको हिमाली गाउँपालिकाका अध्यक्षमा काँग्रेसका गोविन्दबहादुर मल्ल एक हजार ७७६ र उपाध्यक्षमा काँग्रेसकै चन्द्रकला बुढा एक हजार ६७३ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजबहादुर मल्लले एक हजार ४७६ र एमालेकी राजकला सार्कीले एक हजार ५६३ मत ल्याउनुभयो । रासस


