धनकुटा अपडेट : धनकुटाका पाचँ स्थानिय तहमा नेकपा एमाले विजयी

धनकुटा खबर, १७ असार । तिव्र प्रतिस्पर्धाका विच धनकुटा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । ४९३३ मत प्राप्त गरि नेकपा एमालेका चिन्तन तामाङ्ग निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्दी नेपाली काग्रेसका दिनेश राईले ४८१९.मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा नेकपा एमालेकी शकुन्तला वस्नेत ५११२ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।

उहाका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका रेणु श्रेष्ठले ३३९२ मत प्राप्त गर्नुभएको छ । योसगँै धनकुटाका पाचँ स्थानिय तहमा नेकपा एमाले विजयी भएको छ । अन्य दुई तहको मत गणना कार्य जारी रहेको छ । प्राप्त पछिल्लो विवरण अनुसार दुवै स्थानमा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेले पाख्रिवास नगरपालिका,चौविसे गाउँपालिका,छथरजोरपाटी गाउँपालिका र खाल्सा छिन्ताङ्ग शहिदभमि गाउँपालिकामा प्रमुख तथा उपप्रमुख,अध्यक्ष तथा उपाध्यक्षमा जित हासिल गरेको छ । अहिले सागुरीगढी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको मत गणना कार्य जारी रहेको छ ।

पाख्रिवास नगरपालिकामा एमालेका प्रमुख उम्मेदवार विर्खवहादुर राई ४ हजार ४ सय ३९ मत प्राप्त गरि प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काग्रेसका ईन्दिरा थापाल १ हजार ६ सय २८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा नेकपा एमालेकी देवकला पौडेल तिम्सिना ४ हजार ४ सय २६ मत प्राप्त गरि निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मनोज आचार्यले वताउनुभयो । उहाँका निकटतम प्रतिद्धन्दी ज्ञानवहादुर गुरुङ्गले १ हजार ८ सय ३३ मत प्राप्त गर्नुभएको छ । पाख्रिवास नगरपालिकामा रहेका १० वटै वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । यता खाल्सा छिन्ताङ्ग शहिदभमि गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाँउपालिकाका अध्यक्ष उम्मेदवार मनोज राई ४१०१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादीका भरतसिंह राईले १५६९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरि उपाध्यक्ष पदमा नेकपा एमालेका रत्नश्वरी राईले ३९१६ मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृत हरि वस्तीले वताउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीकी रामकुमारी राईले १५३४ मत ल्याउनुभएको छ । यसैगरि धनकुटाको छथरजोरपाटी गाउपालिकामा नेकपा एमालेले विजयी भएको छ । सम्पन्न मतगणना अनुसार अध्यक्षमा नेकपा एमालेका शेरवहादुर लिम्बु निर्वाचित हुनुभएको छ ।

उहाँले ३ हजार ३ तिन सय ४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विष्णु पारघरीले १ हजार ५ सय ३१ मत प्राप्त गर्नुभएको छ । यसैगरि उपाध्यक्षमा नेकपा एमालेका भिमकला श्रेष्ठ ३ हजार २ सय ८९ मत प्राप्त गरि निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शेखरवावु कार्कीले वताउनुभयो ।

उहाँका निकटतमा प्रतिद्धन्द्धी गिता खेवाले २ हजार ७३ मत प्राप्त गर्नुभएको छ । यस्तै ७ वटा वडा रहेको उक्त गाउँपालिकामा ६ वटा वडामा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ भने वडा न. २ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै धनकुटाको चौविसे गाउपालिकामा नेकपा एमालेले विजयी हाल पारेको छ । अध्यक्षमा नेकपा एमालेका खजिन्द्र राई निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ७ सय८२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका हर्कराज चेम्जोङले ३ हजार २ सय ७९ मत प्राप्त गर्नुभएको छ । यसैगरि उपाध्यक्षमा नेकपा एमालेका यज्ञकुमारी रुचाल ३ हजार ६ सय ९६ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतमा प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका उपेन्द्र लावतीले २ हजार ६ सय ९९ मत प्राप्त गर्नुभएको छ । चौविसे गाउँपालिकामा नेपाली काग्रेस र संघिय समाजवादी फोरम विच तालमेतल भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।