धान रोपाई धमाधम चलिरहदाँ कोरियाली नागरिकहरुले टोखामा गरे धान रोपाई – हेर्नुहोस् यो नौलो दृश्य
असारको यो मौसम । बाली लगाउने अर्थात थान रोप्ने समय । मध्य असार चल्दै गर्दा जतातै रोपाइँको उत्साहले बेशी फाँटदेखि टारी खेतसम्म भरिभाउ हुने गर्दछ । रिमझिम बर्षाको मौसमसंगै राजधानीका फाँटहरुले पनि रोपाइँको मैजारो मनाउँदै थिए । तर शनिबार भने एउटा नौलो दृष्य देखियो । काठमाण्डौको टोखा स्थित यो खेतमा कोदाली चलाउने र हातमा धानको वीउ बोकेर धान रोप्न ब्यस्त यिनीहरु कोरियन नागरिक हुन् । असार १६ गते यो फाँट निकै रमाईलो देखिन्थ्यो । आफुहरु कोरियन भएर पनि निपुर्णका साथ रमाईलो गर्दै रोपाइँमा ब्यस्त थिए ।


