खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेको प्यानलै विजयी

सल्लेरी (सोलुखुम्बु), १७ असार । खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपा (एमाले)को प्यानल विजयी भएको छ ।

पाँच वडा रहेको यस गाउँपालिकाका सम्पूर्ण वडा र गाउँपालिकामा नै एमाले विजयी भएको हो । गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का ङिमदोर्जी शेर्पाले उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारलाई २२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो ।

उहाँले एकहजार ४२४ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा एमालेकै टासील्हामु शेर्पा एकहजार ४२१ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस्तै, नेकपा (एमाले)का निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चुङ्बा शेर्पाले एक हजार ४०२ उपप्रमुखमा नाङल्हामु शेर्पाले ८४६ मत प्राप्त गर्नुभएको छ । पाँच वडा रहेको यस गाउँपालिकाको वडा नं १ मा ङिमा दोर्जी शेर्पा, २ मा आङफुर्वा शेर्पा, ३ मा मिङ्मार छिरिङ शेर्पा, ४ मा लक्षण अधिकारी र ५ नं वडामा छिरिङतेन्जु शेर्पा विजयी हुनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।