धनकुटाको साँगुरीगढी गाउँपालिकामा एमाले विजयी
धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुमारजंग याखाले ४ हजार ४४३ मत प्राप्त गरी विजयी प्राप्त गर्नु भएको छ ।

उहाँको प्रतिद्वन्दी कांग्रेसका जितेन्द्र राईले ३ हजार ३३३ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपमेयरमा एमालेकी बिन्द्रा राईले ४ हजार २ सय ९ मत प्राप्त गरी विजयी हुनुभयो । संघीय समाजवादी फोरमका बलबहादुर राईले २ हजार २७० मत ल्याउनुभयो ।
साँगुरीगढी गाउँपालिकामा एमालेले वडा नं. ४,५ र ६ बाहेक अन्यमा मा वडाध्यक्षसहित प्यानलै जितेको छ भने वडा नं. ४ मा संघीय समाजवादी फोरमले जितेको छ । त्यसैगरी कांग्रेसले वडा नं. ५ र ६ मा वडाध्यक्ष सहित प्यानलै जितेको छ ।


