धनकुटा जिल्ला लाल किल्ला, सबै तहमा एमालेको जीत

धनकुटा खबर, असार १८ । नेकपा एमालेले सबै तह जितेर धनकुटा जिल्लालाई लालकिल्ला बानाएको छ । कांग्रेस राप्रपा र संघियसमाजबादी फोरम गठ्बन्धनलाई पराजित गर्दै लाल किल्ला बनाएको हो । एमालेले मेयर उपमेयर सहित ६० वटा मध्ये ४२ वटा वडाध्यक्ष समेत जितेको छ ।

मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नेकपा एमालेका चिन्तन तामाङ ४ हजार ९३३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिनेस राईले ४ हजार ८१९ मत प्राप्त गरे । उपमेयरमा एमालेकी सकुन्तला बस्नेतले ५ हजार ११२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी रेणु श्रेष्ठले ३ हजार ३९२ मत प्राप्त गरीन ।

पाख्रिबास नगरपालिकामा एमालेका विर्खबहादुर राईले ४ हजार ४३९ मत प्राप्त गरि मेयरमा विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी ईन्दिरा थापाले १ हजार ६२८ मत मात्रै प्राप्त गरेकी छिन् ।

यसैगरी उपामेयरमा नेकपा एमालेकी देवकला पौडेल(तिम्सिना)ले ४ हजार ४२६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटत प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८३३ मत प्राप्त गरेका छन् ।

महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका पर्शुराम नेपालले ४ हजार ८९७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अग्नी पौडेलले ३ हजार १७६ मत प्राप्त गरे । उपमेयरमा एमालेकै मन्जु अधिकारीले ४ हजार ५२४ प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी काँग्रेस संग तालमेल गरेका राप्रपाका महेन्द्र निरौलाले २ हजार १५६ मत प्राप्त गरे ।

छथर जोरपाटी गाउँपालिमामा एमालेका शेरबहादुर लिम्बुले ३ हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओबादी केन्द्रका विष्णु पारघरीले १ हजार ५३१ मत प्राप्त गरे । उपाध्यक्षमा पनि एमालेकी भीमकला श्रेष्ठले ३ हजार २८९ मत प्राप्त गरी विजय भएकी छिन् ।

उनका निकटम प्रतिद्वन्द्वी माओबादी केन्द्रकी गीता लिम्बु खेवाले २ हजार ७३ मत प्राप्त गरिन् ।

खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकामा एमालेका उमनोज राईले ४ हजार ५४ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५७९ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकी रत्नश्वरी राईले ३ हजार ९१६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटत प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामकुमारी राई १ सय ५३४ मत प्राप्त गरिन् ।

चौविसे गाउँपालिकामा एमालेका खजिन्द्र राईले ३ हजार ७८२ मत प्राप्त गरि अध्यक्ष विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाल िकांग्रेसका हर्क चेम्जोङले ३ हजार २७९ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकी यज्ञकुमारी रुचालले ३ हजार ६९६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटत प्रतिद्वन्द्वी कांग्रेस संग तालमेल गरेकी संघिय समाजबादी फोरमका उपेन्द्र लावतीले २ हजार ६९९ मत प्राप्त गरिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।