धनकुटामा एकै तह पनि नजितेपछि माओवादी केन्द्रका केन्द्रिय सदस्यले गरे राजिनामाको घोषणा
धनकुटा खबर, असार १८ । धनकुटाको एक तहमा पनि बिजय नगरेपछि नेकपा माओवादी केन्द्रका जिल्ला धनकुटा ईन्चार्ज तथा केन्द्रिय सदस्य हेमराज भण्डारीले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

निर्वाचन अघि जिल्लाको ७ तह मध्ये ४ तह जित्ने दाबि गरेको माओवादीले धनकुटाको कुनै तहमा बिजय नगरेपछि नैतिकताको आधारमा राजिनामाको घोषणा गरेको भण्डारीले बताए ।
काम बिशेषले मोरङ्गको केराबारीमा रहेका भण्डारीले भने–‘नैतिकताको आधारमा मैले आफ्नो पदबाट राजिनामा दिने घोषणा सबैलाई सुनाईदिनु ।’
आसन्न निर्वाचनमा छथरको जोरपाटी गाउँपालिकाको २ नं.,धनकुटा नगरपालिकाको ८ नं.वडामा १÷१ मतले र धनकुटाकै वडा नं.९ मा प्यानल गरी ३ वडामा मात्र बिजयी गरेको छ ।


