सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौँ, १८ असार । व्यवस्थापिका– संसद्को आजको बैठकले सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले नेकपा (एमाले) का तर्फबाट प्रतिनिधित्व गर्ने सांसद लिम्बूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेपछि बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

उहाँको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो । सांसद लिम्बूको यही असार १० गते ६० वर्षका उमेरमा अर्बुद रोगका कारण धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको त्रममा निधन भएको थियो ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी लिम्बूले गाविस अध्यक्ष–उपाध्यक्ष राष्ट्रिय महासङ्घको केन्द्रीय अध्यक्ष एवम् नेपाल महिला सङ्घको सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । संसद्को अर्काे बैठक यही असार १९ गते बिहान ११ बजे बस्नेछ ।

यो पनि हेर्नुहोस् >>>

एमाले केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै अध्यक्ष ओली

नेकपा (एमाले)का सांसद लिम्बूको निधन 

एमाले सांसद लिम्बूको निधन,आजै धनकुटाको मूलघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम 

सांसद लिम्बूको निधनमा दुःख व्यक्त 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।