सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौँ, १८ असार । व्यवस्थापिका– संसद्को आजको बैठकले सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले नेकपा (एमाले) का तर्फबाट प्रतिनिधित्व गर्ने सांसद लिम्बूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेपछि बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

उहाँको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो । सांसद लिम्बूको यही असार १० गते ६० वर्षका उमेरमा अर्बुद रोगका कारण धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको त्रममा निधन भएको थियो ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी लिम्बूले गाविस अध्यक्ष–उपाध्यक्ष राष्ट्रिय महासङ्घको केन्द्रीय अध्यक्ष एवम् नेपाल महिला सङ्घको सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । संसद्को अर्काे बैठक यही असार १९ गते बिहान ११ बजे बस्नेछ ।

यो पनि हेर्नुहोस् >>>

– एमाले केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै अध्यक्ष ओली

– नेकपा (एमाले)का सांसद लिम्बूको निधन 

– एमाले सांसद लिम्बूको निधन,आजै धनकुटाको मूलघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम 

– सांसद लिम्बूको निधनमा दुःख व्यक्त 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖