यी बहादुर पुरुष जस्ले बनाए ७ सय वर्ष पुरानो गुफालाई एक शानदार घर !

बेलायतको वारसेस्टरशायरमा एन्जेलो मास्ट्रोपिएट्रोले ७ सय वर्ष पुरानो गुफालाई एक शानदार घरजस्तो बनाएका छन् ।

‘द रक हाउस रिट्रिट’ नाम दिइएको उक्त घर बाहिरबाट हेर्दा एक सामान्य गुफाजस्तो देखिएपनि उक्त घरभित्र हरेक ती सुविधा उपलब्ध छन् जो एक आलिशान घरमा हुन्छ । गुफालाई घर बनाउनका लागि एन्जेलोले २ लाख ३० हजार डलर (२ करोड ३८ लाख रुपैयाँ) खर्च गरेका छन् ।

उक्त गुफा सन् १९६२ पश्चात् खण्डहरमा परिवर्तन भएको थियो तर सन् २०१५ मा एन्जेलोले उक्त गुफालाई बस्न लायक बनाए ।

अब उक्त घरभित्र एक शानदार बेडरुम, एक उत्कृष्ट किचनका साथै म्युजिक सिस्टम, वाइफाई, डाइनिङ टेबल, कफी बनाउने मेसिन पनि रहेका छन् । स्मरण रहोस्, उक्त गुफाको एरिया लगभग ७ सय स्क्वायर फिट छ ।

एन्जेलाको यो घरभित्र शावरका साथै ड्रेसिङ रुम पनि छ । यस्तै, उक्त गुफा नजिकै रेन फरेष्ट पनि छ । एन्जेलोका अनुसार जो मानिस प्रकृतिका नजिक छन् उनीहरुका लागि एक उत्कृष्ट स्थान हुनेछ ।

त्यहाँबाट करिब ४० मिटर टाढा वाकिङ ट्रेल र मिडल्याण्ड सफारी पार्क पनि छन् जहाँ जंगली जीवजन्तुलाई निकै नजिकबाट देख्न सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।